Comments Add Comment

शंख बजाउँदा धार्मिकमात्र होइन वैज्ञानिक महत्व पनि छ

शंखलाई हिन्दू धर्मसँग जोडेर हेरिन्छ तर शंखको परिचय त्यतिमै मात्र सीमित छैन । यसको वैज्ञानिक महत्व पनि छ । यसको प्रयोगबाट स्वास्थ्यसम्बन्धी थुप्रै फाइदा समेत हुन सक्छन् ।

हिन्दू धर्म एवं जीवशैलीसँग त्यस्ता थुप्रै धार्मिक क्रियाकलाप तथा परम्परा जोडिएका छन् जसको हाम्रो जीवनमा ठूलो महत्व छ । भन्ने नै हो भने हिन्दू धर्म नभएर जीवन पद्धति हो र यसभित्रका परम्पराहरू वैज्ञानिक छन् । यस्तै एक परम्परा हो शंख बजाउनु । हिन्दू धर्ममा शंखको स्थान महत्वपूर्ण छ । शंख घरमा राख्दा मात्र पनि नकारात्मक ऊर्जा एवं शैतानी शक्तिहरू भाग्ने विश्वास पाइन्छ । आयुर्वेदले पनि शंखलाई लाभदायक मानेको छ । शंख बजाउँदा मूत्रथैली, पेटको तल्लो भाग, डायप|mम, छाती एवं गर्दनको मांसपेशीहरूमा स्वतः एक्सरसाइज हुन्छ ।

शंख हाम्रा लागि कति फाइदाजनक छ र ती फाइदा के के हुन् ? जानौँ,

फोक्सोका लागि लाभदायक

शंख बजाउँदा फोक्सोको राम्रो व्यायाम हुन्छ । पुराणहरूमा बताइए अनुसार साससम्बन्धी रोगीले नियमित शंख बजाउने हो भने ऊ त्यस रोगबाट मुक्त हुनसक्छ । प्रतिदन शंख बजाउने व्यक्तिलाई घाँटी तथा फोक्सोको रोगले छुन सक्दैन । शंखबाट मुखका तमाम रोग नाश हुन्छन् । शंख बजाउँदा अनुहार, श्वासप्रश्वास प्रणाली अर्थात् नाक, कान, घाँटी सबैमा व्यायाम पुग्छ । नियमित शंख बजाउने हो भने स्मरण शीक्त समेत वृद्धि हुने बताइएको छ ।

छाला तथा हड्डीमा फाइदा

शंख छालासम्बन्धी रोगका लागि फाइदाजनक हुन्छ । यो कसरी हुनसक्छ भन्ने लाग्ला तर यो तरिका हेरौँ त अनि कस्तो लाग्छ ? बेलुकी शंखमा पानी हालेर राखिदिने । भोलिपल्ट बिहान उक्त पानीले छालामा मसाज गर्ने । यसो गर्नाले एलर्जी, र्‍यासेज, सेतो दागजस्ता छालासम्बन्धी समस्या हट्छन् । शंखमा प्राकृतिक क्याल्सियम, गन्धक एवं फस्फोरस प्रशस्त पाइन्छ । यसै कारण शंखमा राखिएको पानी सेवन गर्ने हो भने हड्डी बलियो बन्छ । यो दाँतका लागि समेत लाभदायक हुन्छ ।

आँखाका लागि लाभदायी

आँखा सुन्निने, सुख्खा हुने तथा आँखामा हुने संक्रमण हटाउन पनि शंखले सहयोग गर्छ । यस्तो समस्या छ भने रातभरि शंखमा राखेको पानी अँजुलीमा भरेर त्यसमा आँखा डुवाई नानी यताउति डुलाउनुपर्छ । यो प्रक्रिया २०-३० सेकेन्डजति गर्नुपर्छ । यसका साथै रातभरि शंखमा राखिएको पानीमा सफा सामान्य पानी बराबर मात्रामा मिसाएर आाखा धुनुपर्छ । यसो गर्दा आँखाको ज्योति वृद्धि हुन्छ ।

हृदयाघातको सम्भावनामा कमी

शंख बजाउँदा फोक्सोको दूषित हावा बाहिर निस्कन्छ  र शरीरलाई शक्ति प्राप्त हुन्छ । नियमित शंख बजाउनाले शरीर शक्तिशाली बन्छ र कार्यक्षमतामा वृद्धि हुन्छ । शंखको आवाज लगातार सुन्नु मुटुरोगीका लागि फाइदाजनक हुन्छ । यसबाट हृदयाघात हुने सम्भावनामा समेत कमी आउँछ ।

कपालका लागि हितकर

रातभरि शंखमा राखिएको पानीमा गुलाबजल मिसाएर त्यसले कपाललाई जरैदेखि मालिस गर्ने । यसो गर्नाले केही दिनमै कपालको रंग प्राकृतिक हुनथाल्छ । यो पानीले आँखीभौँ, जुँगा तथा दारीसमेत धुन सकिन्छ । यसो गर्नाले कपाल मुलायम बन्दछ ।

मलद्वार तथा प्रोस्टेटका लागि राम्रो

शंख बजाउँदा त्यसको सीधा असर मलद्वार तथा प्रोस्टेट ग्रन्थिमा पर्छ । शंख बजाउनाले मलद्वारको मांसपेशी बलियो हुन्छ । नियमित शंख बजाउँदा पायल्स तथा यससम्बन्धी अन्य रोगमा समेत लाभदायी हुन्छ । यसैगरी यसको असर प्रोस्टेट ग्रन्थिमा पनि पर्छ । नियमित शंख बजाउने व्यक्तिलाई प्रोस्टेट ग्रन्थिसम्बन्धी रोगले सताउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment