News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगान तालिबानलाई चेतावनी दिँदै भने, पाकिस्तानले आफ्नो सम्पूर्ण शक्ति प्रयोग नगरी पनि तालिबान सरकारलाई उखेल्न सक्छ ।
- आसिफले थप लेखेका छन्, यदि तालिबानको चाहना छ भने, तोरा बोरा क्षेत्रमा उनीहरूले विगतमा भोगेको हारको दृश्य फेरि विश्वले हेर्न पाउनेछ ।
- तालिबानले पाकिस्तानसँग अर्को चरणको वार्ता गर्न प्रस्ताव गरेको छ र कतारस्थित राजदूत सुहेल शाहिनले वार्ता अन्तिम नतिजामा नपुगेको उल्लेख गरे।
१२ कात्तिक, काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले धैर्यको परीक्षा लिन खोज्दो ठूलो मूल्य चुकाउनु पर्ने भन्दै अफगानिस्तानलाई चेतावनी दिएका छन् ।
अफगानिस्तानको सत्ता चलाइरहेको तालिबानलाई लक्षित गर्दै पाकिस्तानी रक्षामन्त्री आसिफले सरकार ढाल्ने चेतावनी समेत दिएका छन् ।
आसिफले अफगान तालिबान सरकारको आलोचना गर्दै भने, ‘पाकिस्तानले आफ्नो सम्पूर्ण शक्ति प्रयोग नगरी पनि तालिबान सरकारलाई उखेल्न सक्छ ।’
सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा उनले लेखेका छन्, ‘पाकिस्तान स्पष्ट गर्छ कि तालिबानलाई समाप्त गर्न वा तिनीहरूलाई फेरि गुफामै लुक्न बाध्य पार्न हामीलाई आफ्नो सम्पूर्ण शक्ति प्रयोग गर्नुपर्ने कुनै आवश्यकता छैन ।’
उनले थप लेखेका छन्, ‘तर यदि तालिबानको चाहना छ भने, तोरा बोरा क्षेत्रमा उनीहरूले विगतमा भोगेको हारको दृश्य फेरि विश्वले हेर्न पाउनेछ — जहाँ उनीहरू पुच्छर लुकाएर भागेका थिए ।’
यता तालिबानले भने पाकिस्तान र अफगानिस्तानबीच जारी तनावबारे अर्को चरणको वार्ता गर्न प्रस्ताव गरेको छ ।
कतारस्थित अफगानिस्तानका राजदूत तथा तालिबानको राजनीतिक कार्यालयका प्रमुख सुहेल शाहिनले भने, ‘पाकिस्तान र अफगानिस्तानबीचको वार्ता अन्तिम नतिजामा पुगेको छैन, त्यसैले अर्को चरणको वार्ता हुनुपर्छ ।’
उनका अनुसार यस्ता वार्ताबाट प्राय: पहिलो चरणमै अन्तिम सम्झौता सम्भव हुँदैन । पछिल्लो विवादले पाकिस्तान–अफगान सम्बन्धमा पुन: तनाव थपिएको छ, जसको असर दुई देशबीचको सीमाक्षेत्र र सुरक्षा रणनीतिमा देखिन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया 4