१४ वैशाख, काठमाडौं । बार्सिलोनाका जेनेन्ड आन्द्रे इनिस्टाले सिजनको अन्त्यमा क्लब छाड्ने भएका छन् ।
३३ वर्षीय मिडफिल्डरले क्लबका लागि १६ सिजनमा ६६९ खेल खेलेका छन् र ३१ उपाधि जितेका छन् । परिवारका सदस्यहरुको उपस्थिति रहेको पत्रकार सम्मेलनमा गहभरी आँसु पार्दैर् उनले भने, ‘यो मेरा लागि कठिन दिन हो ।’
बार्सिलोनाले यो सिजन ला लिगामा अब ५ खेल खेल्न बाँकी छ । तर, उपाधिका लागि एक खेल मात्र टाढा छ । आइतबार डिपोर्टिभोलाई हराए उपाधि जित्नेछ ।
उनी बार्सिलोनाको एकेडेमी ला मासियामा २२ वर्ष अघि आवद्ध भएका थिए । अब उनी चीन जाने सम्भावना छ ।
उनले भने ‘म बार्सिलोनाविरुद्ध कहिल्यै खेल्दिन, त्यसैले युरोपमा खेल्दिन । कता जाने सिजनको अन्त्यमा भन्छु ।’
स्पेनका लागि १२५ क्याप जितेका इनिस्टाले रुस विश्वकप खेल्ने तयारीमा छन् ।
प्रतिक्रिया 4