+
+

मुटुको शल्यक्रियापछि यसरी गरौँ बिरामीको हेरचाह

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १४ गते १८:२०

मानिसहरू सोच्ने गर्छन्, ‘बाइपास सर्जरी ठूलो सर्जरी हो । यो सर्जरी एक पटक गरेपछि मानिसलाई फेरि पुरानै अवस्थामा फर्काउन निकै कठिन हुन्छ ।’ जब कि आधुनिक उपकरणको प्रयोगका कारण आजकल ओपन हार्ट सर्जरी, बाइपास सर्जरी लगायतका मुटुका शल्यक्रिया निकै सामान्य बन्दै गएको छ । बाइपास सर्जरी गर्दा छातीको बीच भागमा रहेको ब्रेस्ट बोनलाई काटिन्छ । एक पटक गरिसकेपछि यो सर्जरी निको हुन कम्तीमा पनि छदेखि आठ हप्तासम्म लाग्छ । त्यसैले यस्तो सर्जरीबाट छिटो रिकभर हुन विरामीले विशेष कुरामा ध्यान दिनु आवश्यक छ । जुन यस प्रकार छः

सामान्य दिनचर्या व्यतीत गर्ने

हिजोआज शल्यक्रियाप्रति जागरुकता बढ्न थालेको पाइन्छ । जागरुकताकै कारण धेरैले शल्यक्रिया भएको करिब दुई महिनामै सामान्य जीवनयापन गर्न थालेका छन् । शल्यक्रिया गरेको केही दिन पश्चात नै प्रत्येक विरामीहरूले आˆनो दिनचर्यालाई सामान्य बनाउदै लैजान चिकित्सकहरू सुझाव दिने गर्दछन् ।

शल्यक्रिया लगत्तै विरामीहरूको मन बेलाबेलामा परिवर्तित हुने गर्दछ । उनीहरूले आफूलाई कहिले कमजोर त कहिले हल्का महसुस गर्दछन् । मुटुको शल्यक्रिया वा बाइपास गरेका विरामीहरूले यस्तो महसुस गर्नु सामान्य हो ।

दिनभर व्यस्त राख्ने

बाइपास सर्जरी गर्ने व्यक्तिहरूले पढेर, लेखेर पनि आˆनो दिन व्यतीत गर्न सक्छन् । बाइपास सर्जरी गरेका विरामीहरूले पहिलो छ हप्ता कुनै पनि किसिमको गर्‍हौँ वस्तु उठाउनु हुँदैन । धेरै निहुरिनु पनि हुँदैन । छातीमा असर पर्ने वा मुटुमा असन्तुलन पैदा हुने गरी चहलपहल पनि धेरै गर्नु हुँदैन किनभने यस्तो किसिमको चहलपहल गर्नाले स्टर्नम हड्डी हल्लिन्छ र छातीको घाउ दुख्ने गर्छ । फिजियोथेरापिस्टले भनेअनुसारको व्यायाम भने अनिवार्य गर्नुपर्छ ।

घाउमा विशेष ध्यान पुर्‍याउने

आरामका क्रममा विरामीलाई विभिन्न किसिमको अनुभव हुने गर्दछ । जसमध्ये पहिलो केही हप्ता बिरामीलाई निद्राको कमी हुने, रगतमा व्लड काउन्ट कम हुने गर्दछ । चहलपहलकै कमीका कारण केही भएजस्तो महसुस हुन्छ । परिणामस्वरूप शल्यक्रियाको पहिलो दुई हप्तासम्म बिरामीलाई कुनै पनि कुरामा एकाग्र हुन समस्या पर्छ । यस्तो अवस्थामा विरामीहरूले विशेष कुरामा ध्यान दिन जरुरी छ । नुहाउँदा घाउ धेरै नमाड्ने तथा डिस्चार्ज भएर घर जाँदा खाल्डोबाट बच्नका लागि गाडीको पछिल्लो सिटमा बस्ने गर्नुपर्छ ।

ससाना काम गर्ने

घर गइसकेपछि पनि विरामीहरूले आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ । छिटो निको हुनका लागि उनीहरूलेे ससाना काम भए पनि गरिरहनुपर्छ । शल्यकि्रया भएको करिब दुई हप्तापश्चात सामान्य हिँडडुल गर्नुपर्छ । विस्तारै विस्तारै हिँडडुलको क्रम बढाउँदै लैजानु पर्छ । हिँड्नाले मुटुको बाइपास गरिएको ग्राफ्टबाट रगत निकस्न थाल्छ । हिँडडुलकै क्रममा बिरामीलाई सिँढी चढ्दा थकाइ लाग्न सक्छ । सास फुलेजस्तो महसुस हुनसक्छ । त्यस्तो महसुस भएमा केहीबेर आराम गर्नुपर्छ । बाइपास सर्जरी गरेका बिरामीहरूलाई पहिलो केही हप्ता छिटै थकाइ लाग्नु स्वाभाविकै हो ।

शल्यक्रिया गरेको २-३ महिना पश्चात भने उनीहरूले सामान्य जीवन यापन गर्न सक्छन् । शल्यक्रिया गरेको ४ देखि ६ हप्तासम्म ड्राइभिङ भने गर्न भने हुँदैन ।

भोक कम लाग्छ

अत्यधिक मात्रामा औषधीको सेवन तथा शरीरिक श्रमको कमीका कारण पनि शल्यक्रिया गरेका बिरामीहरूलाई भोक कम लाग्छ । आफूलाई जति भोक लागेअनुसार मात्र खानाको सेवन गर्नु पर्दछ । घाउ भर्नका लागि प्रोटिनयुक्त खानेकुरा पनि सेवन गर्न सकिन्छ । कतिपय विरामीहरूले शल्यक्रिया पश्चात आफ्नो खानपान नै बदल्छन् । चिल्लोरहित खानेकुरा खाएर पनि त्यस्ता विरामीले आˆनो शरीर स्वस्थ राख्न सक्छन् । शल्यक्रिया गरेका विरामीहरूलाई चिकित्सकहरूले अलग अलग औषधी दिने हुँदा उनीहरूले ती औषधीको सेवन समयमै गर्न जरुरी छ ।

चिकित्सकसँग सम्पर्क गर्ने

शल्यक्रिया पश्चात सास लिन समस्या भए, छाती दुखे, टाँका सुन्निए वा घाउबाट रगत बगे तुरुन्तै चिकित्सकसित सम्पर्क गरी आवश्यक उपचार सुरु गर्नुपर्छ ।

(साभार: डा. विपिनचन्द भाम्रे । भाम्रे हाल एच.एन. रिलायन्स फाउण्डेसन हस्पिटल तथा रिसर्च सेन्टरमा कार्डियो थोराकिक सर्जनका रूपमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?