Comments Add Comment

तपाईका यस्ता गल्ती, जसले उमेरभन्दा चाँडै बूढो बनाउँछ

अक्सर हाम्रो ध्यान्न हुन्छ, कसरी सधै जवान देखिने भन्नेमा । त्यसका लागि हामी अनेक गर्छौं । पार्लर धाउँछौं, एन्टी एजिङ क्रिम लगाउँछौं । तर, जवान देखिने यस्ता काइदाहरु दीर्घकालिन हुँदैनन् ।

जवान रहनका लागि बाहिरी आवरणको मात्र ख्याल गरेर पुग्दैन । भित्रैबाट स्वस्थ्य र सुन्दर हुन आवश्यक छ । यसका लागि हामीले स्वस्थ्य, सन्तुलित, पोषिलो खानेकुरा खानुपर्छ । सरसफाईमा ध्यान दिनुपर्छ । व्यायाम गर्नुपर्छ । योगले पनि बुढोपन आउन दिदैन । छालालाई स्वस्थ्य र जवान राख्छ ।

भुल्नै नहुने अर्को कुरा, पर्याप्त निन्द्रा लिनुपर्छ । कम्तिमा सात वा आठ घण्टा मस्त निदाउनुपर्छ । किनभने अनिन्द्रा, चिन्ता, अस्वस्थ्यकर खानपान, पोषक तत्वको कमीले बुढोपन निम्त्याउने हो । शरीर रुखो हुनु, चाहुरी पर्नु, दागधब्बा देखिनुमा हाम्रो खानपान र जीवनशैली जिम्मेवार छ ।

हामी सुन्दर र जवान देखिन त चाहन्छौं, तर त्यसका लागि छोटो, छरितो र सजिलो बाटो अपनाउने गर्छौं । पार्लर धाउँछौं, क्रिम लगाउँछौं । जबकी यसले क्षणिक रुपमा छालालाई चम्किलो देखाउँछ, चाहुरी हटाइदिन्छ । तर, यो दीर्घकालिन समाधान होइन ।

अतः हाम्रा कतिपय गल्ती, जसले छालालाई समयभन्दा अगाडि नै बुढो र रुखो बनाउँछ । के हुन् त ति कारण ?

अस्वस्थ्यकर खानपान

खानपानको असर शरीरमा रहन्छ । हामी जस्तो खान्छौं, त्यस्तै देखिन्छौं । स्वस्थ्य खानपान गर्ने हो भने, हामी स्वस्थ्य र तन्दुरुस्त हुन्छौं । यस्तो हुनु भनेको जवान देखिनु पनि हो । स्वस्थ्य खानपानले शरीरमा पोषक तत्व पुग्छ, पाचन यन्त्र चुस्त हुन्छ । यसको प्रभाव छालामा देखिन्छ । छाला चम्किलो, मुलायम र स्वस्थ्य हुन्छ ।

गलत खानपान गर्नु भनेको उमेरभन्दा अगाडि नै बुढो देखिनु हो । मसलेदार, चिल्लो, तारेको, भुटेको, जंकफूड, फास्टफूड आदि शरीरमा पच्दैन । त्यस्तै आवश्यक्ताभन्दा बढी खाना खानु पनि राम्रो होइन । यस्ता गल्तीले शरीरलाई जिर्ण र बुढो बनाउँछ ।

कमसल कस्मेटिक्सको प्रयोग

खासगरी महिलाहरु मेकअपलाई अनिवार्य ठान्छन् । उनीहरु घरबाहिर निस्कनुअघि मेकअप गर्छन् । नियमित रुपमा पार्लर धाइरहेका पनि हुन्छन् ।

मेकअप गर्नु गलत होइन । राम्री देखिनका लागि मेकअप उपयोगी हुन्छ । तर, कमसल एवं कम गुणस्तरको कस्मेटिक्सले छालालाई नराम्ररी क्षति पुर्‍याउँछ । क्षणिक रुपमा त त्यो आकर्षक देखिन्छ, तर कमसल कस्मेटिकसमा हुने रसायनले छालालाई रुखो, कमजोर बनाउँछ ।

बारम्बार मुख धुने बानी

अनुहार धुनु त राम्रो हो । किनभने यसले अनुहारमा जमेको फोहोर, मैलालाई हटाउँछ । अनुहारलाई ताजा राख्छ । सफा राख्छ ।

तर, राम्रो देखिनका लागि पटक पटक अनुहार धुनु पनि राम्रो मानिदैन । यसरी पटक पटक अनुहार सफा गर्दा त्यसमा रहेको प्राकृतिक पानी नष्ट हुन्छ । त्यसकारण अनुहारको छाला रुखो हुन्छ । अनुहार धुनका लागि प्रयोग गरिने साबुन, फेसवासले पनि गलत प्रभाव पार्नसक्छ ।

यद्यपी मेकअप गरिसकेपछि वा राती सुत्नुअघि मेकअप पखाल्नैपर्छ । यदि मेकअप उतारिएन भने त्यसले पनि छालालाई चाडै रुखो बनाउँछ ।

चिन्ता

यो मानसिक कुरा हो । तपाइलाई लाग्नसक्छ कि, वाहिरी सौन्दर्यमा मानसिक कुराको के साइनो ?

तर, मानसिक कुराले वाहिरी सौन्दर्यमा पनि भूमिका खेल्छ । हामी जति प्रशन्न हुन्छौं, खुसी हुन्छौं, अनुहारमा चमक आउँछ । जबकी मनभित्र कुण्ठा, पीर, चिन्ता बोक्ने हो भने हाम्रो अनुहारको चमक हराउँछ ।

अझ चिन्ता त सौन्दर्यको सत्रु नै हो । जब हामी तनावग्रस्त हुन्छौं, अनुहार पनि सुख्खा, रुखो हुन्छ । चाहुरी पर्न थाल्छ । दागहरु देखापर्न थाल्छ । हामी उमेरभन्दा चाडै बुढो देखिन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment