Comments Add Comment

मेगा बैंकको सञ्चालन मुनाफा बढ्यो, खुद मुनाफा घट्यो

१६ वैशाख, काठमाडौं । मेगा बैंकको चालु आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालन मुनाफा बढेको छ । दोस्रो त्रैमासमा ६८ करोड १९ लाख रहेको सञ्चालन मुनाफा तेस्रो त्रैमासमा ५२ दशमलव ९७ प्रतिशतले बढेर १ अर्ब ४ करोड पुगेको छ ।

गत वर्षको सोहि अवधिको तुलनामा भने यस्तो मुनाफा ७.०१ प्रतिशतले बढेको हो । गत वर्षको चैत मसान्तमा बैंकले ९७ करोड ४८ लाख सञ्चालन मुनाफा गरेको थियो ।

बैंकको खुद मुनाफामा भने गिरावट आएको छ । गत आर्थिक वर्ष २०७३/०७४ को चैत मसान्तसम्ममा ५४ करोड २४ लाख २१ हजार खुद मुनाफा गरेको यो बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा ५२ करोड ४९ लाख ४ हजार रुपैयाँ कमाएको छ । यस्तो नाफा गत वर्षको तुलनामा ३.२३ प्रतिशतले कम हो ।

यसैगरी, दोस्रो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकमा खुद ब्याज आम्दानी ५३ दशमलव ७१ प्रतिशतले बढेको छ । खुद ब्याज आम्दानी दोस्रोमा ८४ करोड ६३ लाख रहेकोमा तेस्रो त्रैमासिकमा १ अर्ब ३० करोड पुगेको हो ।

मर्जरकै कारण केही बैंकहरुको वित्तीय विवरणहरुमा सुधार देखि रहँदा टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा रहेको मेगा बैंकको वित्तीय आकार र सूचकहरु पनि थप सुदृढ हुने देखिएको बैंकले जनाएको छ ।

‘मर्जरपछि मेगा बैंक पुँजीका आधारमा नेपालकै ठूलो बाणिज्य बैंक मध्येको एक बन्नेछ, हाम्रो नेटवर्क र व्यापार पनि बढ्नेछ,’ मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले भनिन्, ‘हाम्रो पहिलो प्राथमिकता मर्जर नै हो । संयुक्त कारोबारमा केही ढिलाई नभएको भए बैंकको नाफा तथा अन्य सूचकांकमा अझ सकारात्मक प्रभाव पर्ने थियो, अब मर्जरपछि बैंकले नयाँ गति पाउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment