Comments Add Comment

नारायणी अस्पतालमा आज पनि प्रदर्शन

१६ वैशाख, वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पतालको सेवा शुल्क वृद्धि गरेको विरोधमा आइतबार पनि सर्वसाधारणले प्रदर्शन गरेका छन् ।

नारायणी उपक्षेत्रीय अस्पताल विकास सहयोग अभियानको आहृवानमा एक घण्टा अस्पतालअगाडि विरोध प्रदर्शन गरिएको हो ।

कमजोर आर्थिक अवस्थाका मानिस उपचारका लागि आउने अस्पतालमा निजी अस्पतालजस्तै शुल्क लिने काम भएको भन्दै प्रर्दशन गरिएको हो । प्रदर्शनकारीले बिहान ११ बजेदेखि १२ बजेसम्म अस्पताल अगाडी विभिन्न नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरे ।

प्रर्दशनकारीले गरीबको ढाड सेक्न पाइदैन, सरकारी अस्पताललाई व्यापारिक केन्द्र बनाउन पाइदैन, अनियमितता र बेथिति बन्द गर, शुल्क वृद्धि फिर्ता गर लगायतका नारा लेखेका प्ले कार्ड बोकेका थिए । अस्पताल प्रशासनले भने अस्पतालको आय स्रोत बढाउन शुल्क वृद्धि गरिएको बताएका बताउँदै आएको छ । यसअघि पनि सार्वसाधारणले शुक्रबार पनि एक घण्टा प्रदर्शन गरेका थिए ।

अस्पताल प्रशासन, अस्पताल विकास समिति लगायत सरोकारवालाहरुलाई शुल्क वृद्धि फिर्ता लिन आग्रह गर्दा समेत सुनुवाई नभएकोले आन्दोलनमा उत्रनुपरेको अभियन्ताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment