+
+
Shares

प्रमाणपत्र धितो राखेर ऋण माग्दै विद्यार्थी संगठनले अर्थमन्त्री भेटे

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १६ गते १७:२४

१६ वैशाख,काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर निर्ब्याजी ऋण पाउने व्यवस्था आगामी बजेटमा व्यवस्था गर्न माग गर्दै विद्यार्थी संगठनहरुले अर्थमन्त्री डा.युवराज खतिवडालाई आइतबार ज्ञापनपत्र बुझाएका छन् ।

यसअघि तत्कालिन अर्थमन्त्री बिष्णु पौडेलले बजेटमा व्यवस्था गरेपनि प्रमाणपत्र राखेर ऋण लिने व्यवस्था बैंकहरुले कार्यन्वयन नगरेकोले अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको अनेरास्ववियुका कार्यवाहक अध्यक्ष महेश बर्तौलाले बताए ।

अर्थमन्त्री खतिवडाले आगामी बजेटमा विद्यार्थी संगठनले उठाएका मागलाई अधिकतम सम्बोधन गर्ने र निजी वैंकहरुलाई पनि आग्रह गरिने बताए । विद्यार्थी संगठनले शिक्षामा २० प्रतिशत बजेट बढाउन माग समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?