Comments Add Comment

लेखनाथ र कुश्मामा मेगा बैंकको शाखा विस्तार

१६ वैशाख, काठमाडौं । मेगा बैंकले कास्कीको लेखनाथ र पर्वतको सदरमुकाम कुश्मामा नयाँ शाखा विस्तार गरेको छ । पोखरा लेखनाथ महानगरपालिका २७ तालचोक र कुश्माको लोकतान्त्रिक चोकमा शाखा विस्तार भएको हो ।

लेखनाथ शाखाको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र मेगा बैंक सञ्चालक समितिका सदस्य मदन आचार्यले संयुक्त रुपमा उद्घाटन गरे । मेगा बैङ्कले यस क्षेत्रमा २०७४ जेठ १२ मा आंशिक सेवा -सˆट लञ्च) प्रारम्भ गरेयता ११ सय बैङ्क खाता खोलिएको थियो ।

यसैगरी, कुष्मा शाखाको मेगा बैंक सञ्चालक समितिका सदस्य इन्द्रबहादुर मल्ल ठकुरी र कुश्मा उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गरे । २०७४ जेठ १४ गतेबाट सफ्ट लञ्च भई सेवा प्रारम्भ गरेको यस शाखाले यो अवधिमा २ हजार ४४ वटा खाता खोलेको थियो ।

लेखनाथ र कुश्मामा शाखा विस्तार भएसँगै मेगा बैंकका ३ वटा एक्टेन्शन काउन्टरसहित ४७ वटा शाखा पुगेको छ । अब ६ वटा शाखाको औपचारिक उद्घाटन हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment