Comments Add Comment

राजनीतिक अराजकताको अन्त्य भयोः प्रचण्ड

१८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राजनीतिक अराजकताको अन्त्य भएको बताएका छन् ।

बबरमहलमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले जनताले अब विकास र निर्माणको कामले गति लिएको हेर्न चाहेको बताए ।

आफूले युद्धलाई शान्ति र शान्ति प्रक्रियामार्फत् मुलुकमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गरेकोले अब जनताको अपेक्षा अनुसार काम गर्ने अवसर प्राप्त भएको उनले बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै राजनीतिक स्थिरता, विकास तथा समृद्धि र समुन्नतिको अपेक्षा गरेकोले सोही जिम्मेवारी पूरा गर्ने बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले जनताले गरेको आशा र भरोसा अनुसार काम गर्ने जिम्मेवारी कर्मचारीहरुमाथि पनि आएको स्मरण गराए ।

जनताले वामपन्थीहरुलाई मुलुकको समृद्धिका लागि दुई तिहाइ मत दिएको उल्लेख गर्दै त्यसलाई अवसरको रुपमा लिएर अघि बढ्ने योजना अघि सारेको बताएका छन् ।

कार्यक्रममा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री जनार्दन शर्माले बदलिँदो परिवेश अनुसार आफूलाई बदल्न कर्मचारीहरुलाई सचेत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment