+
+
Shares

सुकुम्बासीको नाममा जहाँसुकै छाप्रो हाल्न अब पाइदैन : प्रधानमन्त्री ओली

'हावाबाट विजु्ली निकाल्छु भन्दा रमाइलाे माने'

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १८ गते १३:०८

१८ वैशाख, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासीको नाममा जहाँ सुकै छाप्रो हाल्न अब नपाइने बताएका छन् ।

गृहजिल्ला झापा आएका प्रधानमन्त्री ओलीले अब व्यवस्थित बस्ती र शहर बनाउनुपर्ने भन्दै सुकुम्बासीको नाममा जहाँ पायो त्यहाँ छाप्रो हाल्न अब नपाइने बताएका हुन् ।

‘अब त्यस्तो चल्दैन । जहाँ पायो त्यहाँ छाप्रो हाल्ने, हामी नागरिक होइनौं हामीलाई हटाउन पाइन्छ ?’ भनेर निहुँ खोज्न अब पाइदैन’ उनले भने ।

सबै मानिस गरिखाने बाटोतिर लाग्नुपर्ने भन्दै ओलीले त्यसको व्यवस्था सरकारले गर्ने बताए ।

उनले सुकुम्बासी समस्याको समाधान पनि योजनावद्ध ढंगबाट गरिने बताए । नेपालमा व्यवस्थित शहर नै नभएको भन्दै उनले स्थानीय सरकारहरुले त्यसको पहल गर्नुपर्ने बताए ।

अस्पताल, शिक्षालय, बजार, मनोरञ्जनस्थल आदि एकै ठाउँमा भएका व्यवस्थित शहर निर्माण गर्नुपर्ने ओलीको भनाइ छ ।

प्रधानमन्त्रीले सित्तैमा जमिन अतिक्रमण गर्न र कब्जा गर्न नपाइने बताए । ‘सित्तैमा जग्गा कब्जा गर्ने, अतिक्रमण गर्ने अब चल्दैन, गरिखाने बाटोतिर लाग्नुपर्छ, ठगी खाने लुटिखाने भ्रष्टाचार गर्नु हुादैन’ उनले भने नगरहरुले सुकुम्बासीको व्यवस्थापन योजनावद्ध ढंगले गर्नुपर्छ ।’

हावाबाट विजु्ली निकाल्ने भन्दा रमाइलाे माने

प्रधानमन्त्री ओलीले अहिले मुलुकमा विजुली उत्पादन बढाउनुपर्ने भन्दै पानी, घाम र हावा सबैबाट विजुली निकाल्ने बताए । आफूले हावाबाट विजुली निकाल्ने भन्दा धेरै मानिसले रमाइलो मानेको भन्दै प्रधानमन्त्री ओलीले अहिले बल्ल पत्याउन थालेको बताए ।

हिमाली भेग, अग्ला ठाउामा हावाबाट पनि विजुली निकाल्न सकिन्छ’ उनले भने ‘केही केही मान्छेहरुले अब त हो रहेछ भन्न थालेका छन् । पहिले सुनेकै रहनेछन् । हावाबाट विजुली निकाल्ने भन्दा असाध्यै रमाइलो माने ।’

प्रधानमन्त्री ओलीले बालबालिकाको पढाइमा कुनै सम्झौता हुन नसक्ने बताए । कुनै व्यक्तिलाई शिक्षकको जागिर दिने नाममा बालबालिकाको पढाइ बिगार्न नसकिने उनको भनाइ छ ।

‘एक जनालाई शिक्षकमा जागिर खुवाउने लोभ गर्नुहुादैन, गुणस्तरीय शिक्षा दिन नसक्ने शिक्षक हुन सक्दैन’ उनले भने ‘एक जना शिक्षकको अनुहार हेरेर धेरै बालबालिकाको भविश्य विगार्न सकिदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?