+
+

एकतापछि मेरो अवस्था के हुन्छ भन्ने सोचाइ दूर्भाग्यपूर्ण : पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख १८ गते १६:२२

१८ वैशाख, काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकतापछि मेरो अवस्था के हुन्छ भन्ने सोचाइ दुर्भाग्यपूर्ण हुने बताएका छन् ।

मंगलबार नेपाल ट्रेड युनियन महासंघ जिफन्टको कार्यक्रममा उनले भोलि आफू कहाँ सुरक्षित हुने भनेर सोच्नु उपयुक्त नहुने बताएका हुन् ।

‘आफूलाई केन्द्र गरेर, एकतापछि मेरो के हुन्छ भनेर माथिका र तलकाले पनि सोच्छन् भने यो दुर्भाग्यपूर्ण कुरा हो’ उनले भने ‘भोलि मेरो थान्को मान्को कहाँ हो भनेर सोच्ने हो भने यो दुर्भाग्यपूर्ण हुन्छ । यस्तो कुरा अब चल्दैन ।’

रक्षामन्त्रीसमेत रहेका पोखरेलले एकता सम्मानजनक र न्यायोचित हुने भन्दै यसलाई प्रतिशतमा बुझ्न नहुने जिकिर गरे ।

‘एकतालाई प्रतिशतमा नबुझ्नुहोला । ५० /५० वा ६० /४० भनेर नबुझनुहोला । समानताको अर्थ प्रतिशतमा होइन । समानताको अर्थ छ ।तीनओटा आधारमा एकता हुन्छ । अन्यायपूर्ण हुँदैन न्यायोचित हुन्छ । अपमानजनक हुँदैन सम्मान जनक हुन्छ । यो असमानताको आधारमा हुँदैन समानताको अधारमा हुन्छ ।’

नेकपा माओवादी केन्द्रबाट ५०/५० प्रतिशतमा पार्टी एकता हुनुपर्ने भनाइ सार्वजनिक भएका बेला एमाले महासचिवले प्रतिशतको आधारमा नहुने बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?