Comments Add Comment

खगेन्द्र लामिछाने भन्छन् : जीवनयापनका लागि वर्षमा २ फिल्म खेल्छु


प्रदर्शनको सेड्यूल हेरफेर भएन भने अभिनेता खगेन्द्र लामिछानेको यो बर्ष ३ वटा चलचित्र रिलिज हुनेछन् । ‘डमरुको डण्डिबियो, ‘जय भोले’ र ‘गोपी’ उनका पाइपलाइनमा रहेका प्रोजेक्ट हुन् । यसअगाडिको रेकर्ड हेर्ने हो भने खगेन्द्रको हरेक वर्ष एउटा फिल्म मात्र आउँथ्यो ।

आखिर खगेन्द्र पनि संख्यात्मक गन्तीमा लागेका हुन् कि भन्ने प्रश्न उब्जनु स्वभाविक नै हो । काठमाडौंमा आयोजना भएको ‘गोपी’ चलचित्रको घोषणा कार्यक्रममा पत्रकारले खगेन्द्रलाई यही प्रश्न सोझाए । तपाई, बर्षमा एउटा मात्र चलचित्र खेल्ने भन्नुहुन्थ्यो, यस वर्ष त ३ वटा पुग्ने भयो नी ?
यसमा खगेन्द्रले भने-‘मैले गएको बर्ष २ वटा चलचित्रको सुटिङ गरेँ । सुटिङ त जतिवटाको भए पनि केही फरक पर्दैन, तर रिलिज धेरै नहोस् भन्ने मलाई लाग्छ ।’

त्यसपछि थपे-‘म -वर्षमा) एउटा मात्र चलचित्र खेल्नुपर्छ भन्ने ठान्थेँ । तर, एउटा मात्र चलचित्र खेलेर नेपाल जस्तो देशमा जिवन धान्न गाह्रो रहेछ । यसैले, अब बर्षमा २ वटा चलचित्र खेल्नुपर्छ भन्ने निर्णयमा पुगेको छु ।’

नेपालमा धेरै नायकहरुलाई पैसाका लागि जथाभावी चलचित्र खेलेको आरोप लाग्दै आएको छ । राजेश हमाल, आर्यन सिग्देल, जीवन लुइटेल, दयाहाङ राई, सौगात मल्ल लगायतका नायक यही कारणले गर्दा अहिले कमजोर बनेका छन् । खगेन्द्र पनि अब अर्थका लागि बर्षमा २ वटा चलचित्र खेल्ने मुडमा पुगेका छन् । तर, उनले पनि पैसाको पछि कुदेर चलचित्रको संख्यात्मक वृद्धि .गर्नेतिर मात्र नलागनु्, हाम्रो शुभकामना छ ।

सुरक्षाका ‘गोपी’ बन्दै खगेन्द्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment