Comments Add Comment

सुन तस्करको सूचीमा तीन महिलाः नीरु, रक्षा र गीता तीनै फरार !

फाइल तस्वीर

१९ वैशाख, बिराटनगर । मोरङ जिल्ला अदालतमा दायर भएको सुन तस्करीको अभियोगपत्रमा ६१ जना पुरुषहरुको नाम छ भने दुई जना महिलालाई समेत अभियुक्त बनाइएको छ ।

फरारको सूचीमा सुनकाण्डका मुख्य नाइके चूडामणि उप्रेती (गोरे) की श्रीमतीलाई पनि पनि प्रहरीले अभियुुक्त बनाएको छ ।

काठमाडौंको गौरीघाटस्थित घरमा बस्दै आएकी गोरेकी श्रीमती नीरु भनिने नर्वदा खरेल उप्रेतीलाई प्रहरीले फरार अभियुक्तको सूचीमा रोखेको हो ।

नीरुको माइतीघर झापाको कमलगाउँपलिका–६ मा पर्छ । मोरङको उर्लाबारीमा स्थायी घर भई हाल उनी काठमाडौंको गौरीघाटमा गोरेले किनेको घरमा बस्दै आएकी थिइन् ।

प्रहरी स्रोतका अनुसार गोरेकी श्रीमती नीरु हाल दुबईमा छिन् । र, उनले उताबाट काठमाडौंमा गोरेको ग्याङलाई अवैध सुन सप्लाइ गर्ने गरेको प्रहरीको दाबी छ ।

त्यसैगरी उर्लाबारी–७ घर भई काठमाडौं–७, गौरीघाट बस्ने रमेश उप्रेतीलाई पनि प्रहरीले फरारको सूचीमा राखेको छ । उनी पनि भाउजूसँगै दुबर्यमा रहेर नेपालमा सुन सप्लाई गर्ने काममा संलग्न रहेको प्रहरीको दाबी छ ।

त्यसैगरी प्रहरीले अर्की एक युवतीलाई पनि सुनकाण्डमा संलग्न रहेको अभियोगमा फरारको सूचीमा राखेको छ । अभियुक्तको ४२ औं नम्बरमा परेकी उनी आफूलाई आरबी भनेर चिनाउने रक्षा भण्डारी हुन् ।

रक्षा भोजपुर, दिङ्ला घर भई काठमाडौंको कागेश्वरी मनोहरा–३ मा बस्दै आएकी थिइन् । सुन तस्करका नाइके गोरेसँगको रक्षाको सम्बन्ध के कस्तो हो भन्ने खुलेको छैन । तर, प्रहरीस्रोतले उनी गोरेकी प्रेमिका भएको दाबी गरेको छ ।

प्रहरीको फरार सूचीमा रहेकी अर्की महिला हुन्, गीता श्रेष्ठ । उनी सुनसरी घर भइ काठमाडौंमा सुन पसल चलाउँदै आएकी थिइन् ।

यो पनि पढ्नुस्

साढे ३३ किलो सुन प्रकरणः प्रहरीमाथि नै अनुसन्धान थालियो

साढे ३३ केजी सुनकाण्ड : को हुन् ‘गोल्ड डन’ गोरे ?

साढे ३३ केजी सुन गायब प्रकरणः १७ जना पक्राउ, ३८ जनाको सम्पत्ती रोक्का

साढे ३३ केजी सुन प्रकरणः पूर्वडीआईजी गोविन्द निरौला पक्राउ

साढे ३३ केजी सुन तस्करी प्रकरणः एसपी खनाल थुनामा, डिएसपी राउत ‘फरार’

साढे ३३ केजी सुन प्रकरणः ‘फरार’ डिएसपीलार्इ पक्रन सर्कुलर जारी भएपछि सम्पर्कमा

एसपी खनाल र दुर्इ सईविरुद्ध संगठित अपराध र कर्तव्य ज्यान मुद्दा

सुन प्रकरणका नाइके गोरेलाई खोज्न इन्टरपोलमा डिफ्यूजन नोटिस

साढे ३३ केजी सुन प्रकरणः डिएसपी प्रजित केसी पक्राउ

६ प्रहरी अधिकारीसहित २८ जना नियन्त्रणमा, एसएसपी खत्री फरार

सुनका ‘भरिया’ मारिएको जंगल ! घरमा आमा र श्रीमती बुच्चै

साढे ३३ केजी सुन प्रकरणः एसएसपी दिवेश लोहनी पक्राउ

साढे ३३ केजी सुन प्रकरणः सात प्रहरी अधिकारीसहित २९ जनालार्इ अदालत पुर्‍याइयो

गोरे ग्याङद्वारा ३८ क्वीन्टल सुन तस्करी ! ६३ जनाविरुद्ध मुद्दा दर्ता

अदालत परिसरमै सुनकाण्डका अभियुक्त एसएसपीले पत्रकारलाई लात्ती हाने (भिडियोसहित)

सुनकाण्डमा को को मुछिए ? को को भागे ? (हेर्नुस् ६३ जनाको सूची)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment