Comments Add Comment

अस्ट्रेलियाको पश्चिम सिड्नीमा जन्मदर ह्वात्तै बढ्यो

सिड्नी / न्यू साउथ वेल्स राज्यको राजधानी सिड्नीका पश्चिमी वस्तीहरूमा जन्मदर ह्वात्तै बढेको बिहीबार यहाँको राज्य सरकारको आधिकारिक फेसबुक पेजमार्फत जनाइएको छ ।

आफ्ना जनतालाई खुशीको खबर सुनाउने शैलीमा जारि गरिएको उक्त जानकारीमा भनिएकोछ – पश्चिम सिड्नी ‘बेबी बूम’को अनुभव गरिरहेको छ ।

उक्त पेजमा अझ अगाडि भनिएको छ – यो संसारमा पदार्पण गर्दै गरेका नानि बाबुहरुको बढ्दो संख्यालाई ध्यानमा राखेर यहाको ब्ल्याक टाउन र माउन्टड्रट अस्पतालका मात्रिशिशु सुविधाहरु बढाइनेछ।

उक्त जानकारी अनुसार बढाइने सुविधाहरुमा नानी जन्माउने नयाँ कक्षहरु र वार्डहरु, सकेसम्म ठूलो आकस्मिक बिभाग, आठ वटा नयाँ डिजिटल अपरेसन थिएटरहरु र बिस्तार गरिएको सघन हेरचाह इकाइ हुनेछन ।

सिड्नीको यही पश्चिमी इलाकाहरुमा नेपालीहरुको बस्ती बाक्लिदै गएको छ । यहाँका अस्पतालहरुमा नेपाली नर्स तथा चिकित्सकहरु पनि कार्यरत छन् ।

नर्स लक्ष्मी जीसीको अनुभवमा उनी कार्यरत अस्पतालमा प्रत्यक हप्ता नेपाली मुलका एक दम्पतिले बच्चा जन्माइरहेको भेटिन्छ ।

नेपाली समुदायको स्थायी बसोबास अस्ट्रेलियामा बढी रहदा प्रत्यक वर्ष सयौं बच्चाहरु जन्मिरहेका छन् ।

सिड्नीमा सयौं नेपालीलार्इ घरजग्गा किन्न परामर्श दिएका मोर्गेज ब्रोकर डा. किरण थापाले भने – एकिन संख्या भन्न नसकिए पनि पश्चिम सिड्नीमा पछिल्ला वर्षहरुमा नेपालीहरुको घर किन्ने क्रम बढेको छ ।

चौबिसै घण्टा उडान सेवा दिने गरी पश्चिम सिड्नीमा न्यू साउथ वेल्सको दोश्रो अन्तर्रास्ट्रिय विमानस्थल पनि निर्माण हुदैछ ।

यसै वर्षको अन्ततिर निर्माण कार्य सुरु हुने उक्त विमानस्थल निर्माण सम्पन्न हुन आठ वर्ष लाग्ने छ ।

एक दशकमा पश्चिम सिड्नी भित्र एउटा नया महानगर जन्मनेछ जहाँका गौरवशाली बासिन्दा अहिले जन्मिरहेका नया बालकहरु पनि हुनेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment