Comments Add Comment

ओली र प्रचण्डबीच कुरा ‘लगभग’ मिल्यो, यस्तो छ सहमति

२० वैशाख, काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल प्रचण्डबीच पार्टी एकतामा सहमति जुटेको छ । पार्टी पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता घोषणाको मिति तय गर्नेछ ।

ओली र प्रचण्डबीच बिहीबार भएको वार्तामा केन्द्रीय कार्यसमितिको भागवण्डा, चुनाव चिहृनबारे सहमति जुटेको हो ।

स्रोतका अनुसार चुनाव चिहृन सूर्य नै हुने भएको छ ।

२९९ सदस्यीय केन्द्रीय समितिमा दुबै पार्टीको झण्डै बराबर हुनेछ । ‘केही संख्या एमालेको बढी हुन्छ’ एक नेताले भने ।

वैचारिक तथा सांगठनिक प्रतिवेदनमा केही संशोधन गर्नुपर्ने भए गरेर भएपनि अन्तिम टुंगो लगाउने दुई अध्यक्षको सहमति छ । यसका लागि सम्भव भए २३ र नभए २४ गते पार्टी एकता संयोजन समितिको बैठक बोलाइनेछ ।

यो बैठकले नै पार्टी एकता घोषणाको मिति तय गर्नेछ । स्रोतले भन्यो, ‘सम्भवत जेठ पहिलो सातातिर एकता घोषणा गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment