Comments Add Comment

कस्तो बन्दैछ प्रशान्त र शुभेच्छाको रणवीर ?


चलचित्र ‘रणवीर’को हाल धमाधम छायांकन भैरहेको छ । यतिबेला चलचित्रको छायांकन धनगढी, महेन्ऽनगर लगायतका सुदुरपश्चिमको रमणीय स्थलमा भईरहेको छ । एक्सन , सस्पेन्स र थ्रिल मिश्रति चलचित्रको झन्डै ६५ प्रतिशत छायांकन काठमाण्डौमा सकेपछि यसको निर्माण यूनिट काठमाण्डौ बाहिर लागेको हो ।

झन्डै तिन हप्ताको सेड्युल लिएर त्यहाँ पुगेको युनिटले केहि दृश्य र दुई गीतको छायांकन गर्ने बताएको छ । चलचित्रका मुख्य कलाकार सुशील सिटौला , सुपुष्पा भट्ट , हरिहर शर्मा , जगदीश रिजाल लगायत अहिले छायांकनामा व्यस्त छन् । शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथालाई लिएर बनिरहेको चलचित्रलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरिरहेका छन् ।

चलचित्र ‘गाँजा बाजा’ प्रोड्युसर दीपेन्द रेग्मी र गोमा विष्टले संयुक्त रुपमा ‘रणवीर’ निर्माण गरिरहेका छन् । यो चलचित्रमा प्रशान्त ताम्राकार , सुशील सिटौला , सुपुष्पा भट्ट , टिका पहाडी , रवी गिरी , नरेश पौडेल , हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट, शैलेश्वरी सिंह लगायतको अभिनय छ ।

यो चलचित्र मार्फत मोडलिङ क्षेत्रमा चर्चा कमाएकी मोडल शुभेच्छा खड्का चलचित्र क्षेत्रमा प्रवेश गर्दैीछन् । महेश पौडेलको छायांकन रहेको चलचित्रमा चन्ऽ पन्तको एक्सन, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment