Comments Add Comment

वीर अस्पतालमा सुरु भयो सफाइ अभियान, धुर्मुस र खेमसँगै राज्यमन्त्रीले सफा गरिन् ट्वाइलेट

२३ वैशाख, काठमाडौं । मुलुककै जेठो अस्पताल वीरमा सफाइ अभियान सुरु भएको छ । सफाइ अभियान चलाइरहेका खेम शर्माको अगुवाईमा आइतबारदेखि बीर अस्पतालमा सफाइ अभियान सुरु भएको हो ।

खेम्स क्लिनिङ्गले थालेको एक महिने अभियानमा धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग रहेको छ । सफाइ अभियानको शुभारम्भ गर्दै शर्मा र धुर्मुससँगै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालको ट्वाइलेट सफा गरिन् ।

अभियानका लागि सहयोगी संस्थाका तर्फबाट १५ जना कर्मचारी अस्पतालमा खटाइनेछ । उनीहरुले वीरका कर्मचारीलाई सरसफाइ सम्बन्धी तालिम पनि दिनेछन् । अस्पतालको सरसफाइका लागि करिब ४५ कर्मचारी कार्यरत छन् ।

सफाइ अभियान पहिलो १५ दिन वीर अस्पताल र बाँकी १५ दिन ट्रमा सेन्टरमा चल्नेछ ।

स्वास्थ्य संस्थाहरुमा फोहोर भएको जनगुनासो बढेपछि देशभरकै स्वास्थ्य संस्था सफाइ गर्ने उद्देश्यले वीरबाट अभियान सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘यो अभियानसँगै अस्पतालको बाहिरी सफाइ सुरु भएको छ । भित्री सफाइ पनि क्रमशः गर्दै लैजान्छौं,’ राज्यमन्त्री पद्मा अर्यालले भनिन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा. गणेश गुरुङ्गले भने आफूहरुले पनि सफाइको प्रयास गरेको तर, पर्याप्त नभएको बताएका छन् ।

महावौद्ध, रत्नपार्क लगायतका स्थानमा सार्वजनिक शौचालयको उचित व्यवस्था नहुँदा मानिसहरु शौच गर्नकै लागि पनि वीर अस्ताल धाउने गरेको उनको तर्क छ । उपकुलपति डा. गुरुङ्गले भने, ‘हामीले कोशिश नगरेका हैनौं । तर यो अस्पताल सर्वसाधारणका लागि ओपन ट्वाइलेट झै थियो । जसका कारण चाहेर पनि सोच अनुसारको नतिजा निकाल्न सकेका थिएनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment