Comments Add Comment

भुजेलहरुले यूएईमा मनाए उभौली

६ मे, यूएई । वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका भुजेलहरुले आफ्नो मौलिक पर्व उभौली विधिपूर्वक पूजाआजा गरेर मनाएका छन् ।

प्रवासी भुजेल समाज सेवा समिति यूएईको अग्रसरतामा भुजेलहरुको परम्परागत आफ्नो मौलिक पर्वलाई भुजेलहरुले भुजेली पर्वका रूपमा मनाउने गरेको समाजका अध्यक्ष सुर्यबहादुर भुजेलले जानकारी दिए ।

दुबईको जाविल पार्कमा ४ मे २०१८ का दिन आयोजना भएको सम्पन्न कार्यक्रममा समाजका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुर्यबहादुर खवासले भुजेल जातिको मौलिक परम्परा, संस्कार, संस्कृति तथा भुजेली पर्व ‘उभौली’को बारेमा प्रकाश पारेका थिए ।

खवासले आफ्नो पहिचानलाई बचाइराख्नु अल्पसख्यक जनजातिहरुको प्रमुख चुनौती रहेकोले सबै भुजेलबीच एकता कायम गर्नुपर्ने र सबैलाई हिनताबोध मुक्त हुनमा जोड दिए ।

यूएईमा पहिलो पटक भुजेलहरुले मौलिक परम्पारा अनुसार पूजा गरी उभौली पर्व मनाएको बताएका छन् । आफ्नो मौलिक परम्परा अनुसार भुजेली पर्वमा पुजारीको भूमिका समाजका द्वितीय उपाध्यक्ष तुलबहादुर घर्तीले निर्वाह गरेका थिए ।

कार्यक्रममा समाजका सल्लाहकार क्रमश: दिलिप जिटी, लक्ष्मण थापा तथा यमबहादुर घर्ती, कार्यसमिति सदस्य प्रेम घर्ती तथा महिला सदस्य उर्मिला भुजेलले शुभकामना मन्तव्य राखेका थिए ।

समाजका अध्यक्ष सूर्य भुजेलको सभापतित्वमा संचालित कार्यक्रममा सचिव सुरिन भुजेलले सहभागी सबैलाई शव्द सुमनले स्वागत गरेका थिए ।

उभौली तथा भुजेली पर्वको बारेमा र कार्यक्रमको महत्त्वका बारेमा कार्यक्रम संयोजक एवं द्वितीय उपाध्यक्ष तुलबहादुर घर्तीले प्रकाश पारेका थिए भने समाजका महासचिव मीनबहादुर भुजेलले औपचारिक कार्यक्रम संचालन गरेका थिए ।

औपचारिक कार्यक्रम पश्चात विभिन्न मनोरन्जनात्मक कार्यक्रम संचालन गरिएको थियो । भुजेल कलाकारहरुद्वारा लोकदोहोरीसहित विभिन्न खेल खेलाइएको थियो ।

जसमा हाडी फुटाई, म्युजिकल चियर्स, सियोमा धागो उन्ने, बेलुन फुटाई, डोरी तानी तथा बोरा दौड खेल खेलाइएको थियो । जसका विजेताहरु क्रमश: लामिसा तामाङ, प्रेम घर्ती, यशोदा भुजेल, दुर्गा भुजेल, खड्ग भुजेलको समूह तथा बोरा दौडमा महिला तर्फ दुर्गा भुजेल र पुरुष तर्फ लक्ष्मण भुजेल भएका थिए ।

विजयी खेलाडी तथा कलाकारहरु युवराज भुजेल र वशन्ती जीएम तथा वाद्यबादक धडकन तामाङलाई कार्यक्रमको अन्त्यमा पुरस्कार वितरण गरिएको थियो ।

विदेशमा रहे पनि आफ्नो पूर्खाको रिति र परम्परालाई जोगाउनु सबैको कर्तव्य सम्झी यूएईमा उभौली तथा भुजेली पर्व मनाइएको र यसलाई निरन्तरता दिने प्रवासी भुजेल समाज सेवा समिति यूएईका अध्यक्ष सूर्यबहादुर भुजेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment