Comments Add Comment

बैतडीबाट महेन्द्रनगरका लागि छुटेकाे बस दुर्घटना, १४ जना घाइते

सांकेतिक तस्वीर

२४ वैशाख, बैतडी । बैतडीको दशरथचन्द राजमार्गमा सोमबार बिहान भएको बस दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नम्बरको बस दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–१०, अनारखोलीमा बिहान पौने ३ बजे दुर्घटना भएकाे हो ।

बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि ब्याक हुन गई सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।

बस दुर्घटनामा कञ्चनपुरको बेदकोट नगरपालिका–४ का बस चालक ३५ वर्षीय लोकेन्द्र थापासहित १४ जना घाइते भएका छन् । घाइतेमध्ये चालक थापाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

घाइते सबैको सुदूरपश्चिम उपक्षेत्रिय अस्पताल, डडेल्धुरामा उपचार भइरहेको छ ।

दुर्घटनामा परेको बस बीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अहिले अवरुद्ध छ । सडक अवरुद्ध भएकाले दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडी सडकमै राेकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment