Comments Add Comment

हाँस्नुहोस् त मज्जालेः स्वस्थ रहन अचुक अस्त्र

हाँस्नका लागि पैसा लाग्दैन । हाँसो सापटी लिनुपर्ने जिनिस पनि होइन । न हाँस्नुको लागि पूर्व तयारी नै गर्नुपर्छ, न कुनै बन्दोबस्ती ।

हाँस्नु नितान्त हाम्रो अधिनको कुरा हो । हाम्रो रुचीको कुरा हो । प्राकृतिक कुरा हो । तर, हामी हाँस्नु कञ्जुस गर्छौं । मानौ मस्त हाँस्दा हाम्रो खल्ती रित्तिन्छ । त्यही कारण अहिले हाँसो दुर्लभ बन्दै गएको छ ।

तर, हाँस्नुको फाइदा सुन्नुभयो भने, पक्कैपनि तपाईले हाँस्नका लागि कन्जुस्याँई गर्नुहुने छैन ।

हाँसोले व्यक्तिको रिस नियन्त्रण गर्नुका साथै व्यक्तिको सुन्दरता समेत बढाउने गर्छ । त्यसैगरी यसले स्वास्थ्य सम्बन्धी विभिन्न समस्याबाट समेत टाढा राख्न मद्दत गर्छ । एक अनुसन्धानहरुले जनाए अनुसार व्यक्ति दिनमा १३ पटकसम्म हाँस्ने गर्छ ।

हाँसोले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई ध्यानमा रहेर नै अहिले विश्वका सयौं देशहरुमा लाˆटर क्लबको निर्माण हुँदै आएको छ ।  त्यसबाहेक पनि हाँसोले शरीरमा यस्ता फाइदाहरु पुर्‍याउँछन्, जुन यस प्रकार छः

हाँसोको फाइदा

-हाँसोले तनाव तथा डिप्रेसन कम हुने गर्छ ।

-हाँसोले प्राकृतिक रूपमा पेनकिलरको रूपमा काम गर्छ, जसका कारण दुखाइ कम हुने गर्छ ।

-शरीरमा अक्सिजन प्रवाह गर्दछ ।

-रिसलाई नियन्त्रण गर्छ ।

-शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

-सुन्दर अनुहारका लागि हाँसो निकै लाभदायक मानिन्छ ।

-व्यक्तिको आत्मविश्वास बढ्छ ।

-व्यक्तिमा सकारात्मक सोचको विकास गर्छ ।

-व्यक्तिलाई निराश हुन दिँदैन ।

-व्यक्तिमा साँचो बोल्ने तथा चित्त नबुझेको कुरा भन्ने क्षमता विकास हुन्छ ।

-रक्तसञ्चार राम्रो गराउँछ ।

हाँसो सम्बन्धी केही तथ्य

-मानिसलाई मात्र हैन, मुसालाई पनि काउकुती लाग्छ ।

-हाँस्नुको खासै कुनै मतलव हुदैन ।

-हाँस्नका लागि १७ वटा मांसपेशीको आवश्यक पर्छ । जब कि रिसाउनका लागि ४३ मांसपेशीको आवश्यक पर्छ ।

-कसैको खुसीको स्तर मापन गर्न कठिन छ ।

-एक्लै बस्नाले व्यक्तिको हासो तथा खुसी ३० प्रतिशतसम्म कम हुने गर्छ ।

-औसतमा एक व्यक्ति दिनमा करिब १३ पटकसम्म हाँस्छ ।

-कुनै पनि जोक वा चुट्किला मानिसलाई त्यतिबेला मन पर्छ, जसबारे उसलाई जानकारी हुन्छ ।

-कुनै पनि व्यक्तिलाई आकषिर्त गर्न एक मुस्कान नै प्रशस्त हुन्छ ।

-हाँसोले व्यक्तिको रक्तसञ्चार २२ प्रतिशतसम्म बढाउँछ । जब कि तनावका कारण रक्तसञ्चार ३५ प्रतिशतसम्म बढ्ने गर्छ ।

-सामान्य व्यक्तिले तीन सय फिट टाढाबाट हाँसेको सुन्न वा अनुभूत गर्नसक्छ ।

-कुनै पनि व्यक्तिको हाँसो वरिपरिको वातावरणमा निर्भर गर्छ ।

-मानिस एक्लै पनि खुसी हुन तथा हाँस्न सक्छ । हाँस्नकै लागि अन्य व्यक्तिको आवश्यक पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment