Comments Add Comment

दरबारमार्गमा करिश्मा कपुरले गरिन् गहनाको शोरुम उद्घाटन


बलिउड अभिनेत्री करिश्मा कपुर सोमबार नेपाल आएकी छन् । उनले दरबारमार्गमा रहेको मेरिगोल्ड -सयपत्री) ज्वेलर्सको नयाँ शोरुम उद्घाटन गरिन् ।

बिहान साढे १० बजे उद्घाटन कार्यक्रममा राखिएको थियो । तर, करिश्मा २ घन्टा ढिलो आइन् । जबकि बिहान साढे ८ बजे नै उनी एयरपोर्ट उत्रिसकेकी थिइन् ।

उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई पनि निम्त्याइएको थियो । एउटा सामान्य कार्यक्रमका लागि महंगो रकम खर्चेर भारतीय नायिकालाई झिकाउनुको आशय भने प्रष्ट भएको छैन ।

त्यसमाथि करिश्मा अहिले बलिउडबाट हराइसकेकी नायिका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment