+
+
Shares

बुधवार र बिहीवार पूँजीबजार प्रदर्शनी हुने, पूँजीबजारका जानकारी लिन उपयोगी हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २४ गते १८:३६

२४ वैशाख, काठमाडौं । धितोपत्र बोर्डले आफ्नो रजत जयन्तीको अवसरमा पूँजीबजार प्रद्धर्शनीको आयोजना गर्न लागेको छ । पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गर्न लागिएको बोर्डले जनाएको छ ।

प्रदर्शनी यही बुधवार र बिहीवार काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । बोर्डका अनुसार प्रदर्शनीमा नेपाल स्टक एक्चेन्ज, धितोपत्र दलाल कम्पनी, मर्चेन्ट बैंकर, नेपाल राष्ट बैंक, बीमा समिति तथा इन्टिच्यूट अफ चार्टड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) लगायतको सहभागीता रहनेछ ।

प्रदर्शनीमा १ सय ७० भन्दा बढी स्टल रहने बोर्डले जनाएको छ । धितोपत्र सम्बन्धी अध्ययन सामाग्री प्रदर्शनीमा निःशूल्क वितरण गरिने बोर्डको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?