शुक्रबार, ११ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

‘मोदीलाई जोरपाटीसम्म लैजान मिल्दैन ? सडक पिच हुन्थ्यो कि !’

हिजो धुलो र हिलो बाटो, आज पुरै पिच

Suzuki
चन्द्र आले

२५ वैशाख, काठमाडौं । चावहिल जोरपाटी सडकमा यात्रा गर्नेहरुले दुःख पाएको महिनौं भइसक्यो । पानी पर्‍यो भने हिलाम्ये हुन्छ, घाम लाग्यो भने बाङबुङ्ती धुलो उड्छ । सडकमा यति धेरै खाल्डाखुल्डी छन् कि स्कुटरमा यात्रा गर्न महाभारत पर्छ ।

स्थानीयबासीले सडक तत्काल मर्मतसम्भर गर्न नारा लगाएनन् कि सडकमा धान रोपेनन् ? तर, कसैले सुनेनन् । चुनावको बेला ठूलठूला गफ दिने जनप्रतिनिधि पनि दुला पसे ।

तर, सोमबार एकाएक  सडक पिच हुन थालेकाे देखेर स्थानीय तथा यात्रुहरु छक्क परे ।

चावहिल चोकबाट सडक कालोपत्र गर्न थालिएको थियो । कतिपयलाई लाग्यो, अब यो बर्षामा दुःख नपाइने भयो । तर, केही अगाडि बढेपछि त्यो भ्रम टुट्यो ।

सडकमा हायात होटलको केही अगाडिबाट पिच भएको छैन । काम गर्ने कुनै सुरसार पनि छैन । त्यसपछि उनीहरुले अनुमान लगाए, कोही भीआईपी पो आउँदैछन्  कि ?

हो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते नेपालको राजकीय भ्रमणमा आउँदैछन् । उनी चुच्चेपाटीस्थित हायात होटलमा बस्ने कार्यक्रम छ । त्यसैले सडक विभागले हतार हतार होटलसम्म सडक पिच गरेको हो ।

सडकको दुबै तर्फ ढल समेत के कस्तो छ, नहेरी कालोपत्रे हालिएको छ । यो कति दिन टिक्छ भन्न सकिन्न ।

हायात कटेर केही मिटर अगाडि बढेपछि सडकको दुरावस्ता उस्तै छ । मंगलबार एक स्थानीय भन्दै थिए, ‘मोदीलाई नारायणटार जोरपाटीसम्म लैजान मिल्दैन ? ‘कम्तिमा यो सडक कालोपत्र हुन्थ्यो कि ?’

 

२०७५ वैशाख २५ गते १३:०० मा प्रकाशित (२०७५ वैशाख २६ गते ८:३९मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२४ प्रतिकृयाहरू प्राप्त
  • sadan khatri लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १३:१०

    Jorpati samma kina ???? Sankhu samma lage bhaihalyoo nii.

    57
    1
    Share

  • Pradimna Ranjit लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १३:१६

    June jogi aaya pani kanai chiruwa bhane jastai

    pradimna

    20
    1
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १३:२०

    नक्कली विकास,
    नक्कली सुन्दरता,

    सधै बस्ने हामीलाई(जनतालाई),

    अपमान(यस्तो हिलो,धुलो र खाल्डाखुल्डीमा यात्रा गराएर) गरेर,

    नाक,मुख र सासै(नाकाबन्दी)बन्द गर्न खोज्नेको मायामा,

    देश,सरकार(जसले नाकाबन्दीकै बिरोध गरेर यत्रो मत पाएका थिए)किन,

    हुरुक्कै भएको हो,

    थाहा कहाबाट होला ?

    60
    1
    Share

  • suren लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १३:३६

    Magh 28 re????

    8
    0
    Share

  • Avas Upadhyay लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १३:५१

    Nepal purai ghumauna paye better hunthyo ki.

    29
    0
    Share

  • sanjeeb लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १३:५३

    Salinadi ra shri swasthani mata ko barnan kasaile garidiye Sankhu samma nai janthe ki buda tirthatan garna lai 😛

    21
    0
    Share

  • Krishan Datta Bhatt लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १४:१२

    हिजो धुलो र हिलो बाटो, आज पुरै पिच
    नेपालका नेताको पहिले देखिको रित । आखिर मोदिको लागि भयनी चबेलको बाटो ४,५ दिन त चल्छ । जय मोदी । जय सरकार । जनताको हित को बारेमा पनि ध्यान दिनुहोला । मोदी त २ दिनको लागी हो आको हामी नेपाली त सधै यतै हो । रहौला कहाँ नेपाली हामी नेपालै नरहे ।

    19
    1
    Share

  • hari prajapati लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १४:३७

    Sthaniya Janatale kina pich garna diyo yadi ramrari nabanaune ho vane sadak bivag lai khaldo khaner gadnu parch

    5
    0
    Share

  • Ajay लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १४:४४

    Rail mono rail agadi Boudha Jorpati ko bato banaidiye hunthiyo

    8
    0
    Share

  • TUKKE KANXO लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १४:५२

    यो हो नि त राष्ट्रबादी सरकार…अनि जनमत को कदर … कठै ! अब अरुण ३ मात्र होइन सप्तकोशी उच बाँध नि सिल्यानस गरि हाल्नुस अनि भन्नु पर्छ “जनकपुर बाट पसेको बिरालो मुक्तिनाथको दर्शन गरे पछि बाघ बनेर निस्किए पछि वाम गठबन्धनको राष्ट्रबादी सरकार ले के गर्छ ? “

    15
    0
    Share

  • SKB लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १४:५५

    Roads have not been blacktopped for years.
    Infrastructures and public education have not been progressing.
    The voters know this is happening because of poor governance and bad politics.
    But they are still proudly affiliated with their respective parties.
    That’s the irony of the Nepali society.

    SKB

    5
    0
    Share

  • हरिबोल काफ्ले लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १५:००

    यस्तै हो नेपालमा सबै कुरा देखाउनकै लागि मात्र गरिन्छ । यो विकास नेपालीका लागि होइन भारतीय प्रधान्मन्त्रीको लागि हो । यसै भएन यसै भएन देशका विभिन्न भूभागमा विश्वका विभिन्‍न देशका प्रधानमन्त्री वा राष्‍ट्रपतिलाई लाने नेपालको विदेशी नीति बन्नु पर्छ अब । कमसे कम अरुलाई देखाउनका लागि भएपनि नेपालमा विकास त हुन्छ । जय देखावटी विकास

    10
    0
    Share

  • RR लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १५:१३

    haina, galli galli nai ghumaunu paryo…

    4
    0
    Share

  • [email protected] लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १५:१९

    मोदीको मुकाम हायात होटलमा भएकोले त्यहासम्म रातारात पिच भएको रहेछ । मोदीको मुकामलाई गोकर्ण रिसोर्ट वा साँखुतिर भएको अन्य रिसोर्टसम्म पुर्याउन सकेमा त्यहासम्मको सडक कालोपत्रे हुन्थ्यो कि…, मोदी १ वर्षसम्म नेपालमा बसे धेरै सडकखण्डहरु कालोपत्रे हुन्थे कि ।

    10
    0
    Share

  • bidur chandra Lamichhaney लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १५:२१

    साली नदीको धार्मिक महत्व र महिमा वताउन सकेको भए महामहिम प्रधानमन्त्रीलाई दर्शनका लागि सालीनदीसम्म लैजादा उक्त रुट पीच गर्न सकिन्थ्यो कि ?

    13
    0
    Share

  • Arun लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १५:४५

    Yo kura Modilai vandew na ani sab neta haru lai thik lagauxa ki? aakhir nepali neta ko var napare hune rahexa. Baru bideshi le kehi garxan ki?

    2
    0
    Share

  • bipin लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १६:१९

    घरैपिच्छेबाट क्षतिपूर्तिको लागि अदालतमा मुद्दा हालेको छ । नियम पनि मिच्ने अनि क्षतिपूर्ति पनि चाहिने । बासिन्दाहरु नै सी के राउत जस्तो भएपछि डोनाल्ड ट्रम्प नै ल्याए पनि केही हुनेवाला छैन । अब पशुपति नाथले सद्बुद्धि प्रदान गरुन् भन्ने बाहेक अरु उपाय छैन । बरु भाइकाजी तिवारीलाई ल्यायो भने केही होला । किनभने संहारकर्ता पनि उनै सृष्टिकर्ता पनि । लेता पनि उनै र देता पनि उनै रे ।

    5
    1
    Share

  • फाेहर ललितपुर लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १६:५३

    हे माेदी भगवान! ललितपुर चापागाँउ दाेबाटाे से सुनाकाेठीके जनता पनि अापकाे बेसब्री से वेट कर रहे है। अापकाे यहाँ पनि अाउना पडेगा । हमारा पाेलिटिसियन्स अापकाे भगवान मानता है र्इसलिए मैने भी भगवान भन्दिया, नाराज त हुन्न नी।

    8
    0
    Share

  • Arun Dhakal लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १७:२४

    बरू माेदीलाइ पुरै देश जनता बाट नै रकम उठाएर भएपनि घुमाउन मिल्थाे कि ?? कम्तिमा देश बन्ने भएपछि ऋणनै काडेर भएपनि सबै जनताले खुसी साथ केहि दिहाल्थे कि ?
    नत्र जनतासँग कर उठाएर अरूबेला चुपचाप बस्ने अनि माेदी अाउने भएपछि मात्र पिचकाे काम गर्नु पर्ने ??

    4
    0
    Share

  • Niranjan Khatiwada लेख्नुहुन्छ    |   २०७५ वैशाख २५ गते १७:४७

    मोदि जि आपको काठमाडौं मे स्वागत कर्नेके लिए चाबहिल से बौद्ध तकका रास्ता पिच कर्नेके समय मे कल हम लोगोने २से४ घन्टे तक जामका सामना कर्ना पडा।

    अभि आपको एक और जगाह आनेके लिए निमण्त्रण है।
    साँखु मे बज्रयोगिनि देविका मन्दिर है। आप जरुर आइएगा। यहाँ दर्शन कर्नेके बाद जो भि आपका द्वुबिधा है वो सब समाधान होगा।जय नेपाल ।

    6
    1
    Share

  • Raj लेख्नुहुन्छ    |   २०७५ वैशाख २६ गते ०:००

    Pakhandabad [email protected]

    1
    1
    Share

  • प्रविन लेख्नुहुन्छ    |   २०७५ वैशाख २६ गते १०:२०

    मोदीलाई चन्द्रागिरी केवलकार पनि चढाउन लानुपर्यो | कलंकी – नागढुंगा सडक पनि रातारात बनिहाल्थ्यो कि |

    3
    0
    Share

  • रामचन्द्र न्याैपाने लेख्नुहुन्छ    |   २०७५ वैशाख २६ गते १४:४६

    पढेर अाश्चर्य लाग्याे सबैकुरा .
    माेदीजीले नेपालका सडक बनाउने त हाेइन । वहाँलाई नेपालका सडक कच्ची भएकै फाइदा । कच्ची सडकमा गाडी कुदाउँदा तेल बढी खपत भएर र मर्मतसम्भार गर्न उपकरण र गाडीका सामानकाे व्यापर वृद्धि हुन्छ । त्यत्ति मात्र हाेइन यातायातका साधनकाे अायु घट्नु भनेकाे नि भारतका यातायातका साधन उत्पादन गर्ने उद्याेगकाे उत्पादन बढ्ने नै भयाे ।
    अबकाे नेपालकाे रणनीति के हुनुपर्ला?

    3
    0
    Share

  • Bal Mukunda Parajuli लेख्नुहुन्छ    |   २०७५ वैशाख २७ गते १३:५६

    MODI JI KATHMANDU SE DAKSHIN TARAF DAKSHINKALI MAA KA VI EK MANDIR HAI OHAA PE VI DARSAN KARO ESKI BAD HAM DAKSHINKALI NAGAR BASI OR TUMARA VI KALYAN HOGA.

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this