+
+

रिसाएका इरानी नेताले भने : ट्रम्पको मृत्यु कुरिरहेको छु

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २६ गते १९:०९

२६ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौताबाट अलग हुने घोषणा गरेसँगै विश्वभर यसको पक्ष र विपक्षमा धारणाहरु सार्वजनिक भएका छन् ।

मंगलबार ह्वाइटहाउसले सन् २०१५ मा भएको परमाणु सम्झौता अप्रासंगिक भएको भन्दै अलग हुने घोषणा गरेको थियो । यो निर्णयले इरानलाई निकै क्रुद्ध बनाएको छ । इरानमा अमेरिकी झण्डा जलाइएको छ भने अमेरिका मर्‍यो भन्दै नारा लगाइएको छ । त्यस्तै ट्रम्पलाई मानसिक क्षमता अभाव भएको आरोप लगाइएको छ ।

बुधबार इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीले इरानले अमेरिकी राष्ट्रपति ट्रम्पको मृत्यु कुरिरहेको बताए । उनले ट्रम्पको मासु सर्प र कमिलाले खाइरहेको दिनको प्रतिक्षा गरिरहेको पनि बताएका छन् ।

सन् २०१५ मा अमेरिका, फ्रान्स, इरान, जर्मनी र बेलायतबीच एक सम्झौता भएको थियो जसमा इरानले परमाणु कार्यक्रम रोक्ने र अरु देशले उमाथि लगाइएका प्रतिवन्ध फुकुवा गर्ने उल्लेख छ । बेलायत, फ्रान्स र जर्मनीले भने अमेरिकाको निर्णयलाई खेदजनक भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?