Comments Add Comment

‘धुर्मुस’को आवश्यकता हामीलाई भन्दा समाजलाईः दीपकराज गिरी


शुक्रबार बिहान सुर्यविनायकमा छक्का पञ्जा-३ को शुभमुहुर्त भइरहँदा हास्य कलाकार सिताराम कट्टेल धुर्मुस वीर अस्पतालमा भूईं पुछिरहेका थिए । दुई वटा फिल्ममा यही टिममा रहेर काम गरेका उनी अहिले भने सामाजिक काममा बढि सक्रिय छन् ।

चलचित्र ‘६ एकान ६’ र ‘वडा नम्बर ६’मा जोडिएका कलाकार धुर्मुस ‘छक्का पन्जा’देखि यो टिमसँग अलग भएका छन् । अन्य सहकर्मीहरु दिपकराज गिरी र दीपाश्री निरौलासँग निरन्तर अगाडि बढिरहदा धुर्मुस अलग हुनुले विभिन्न खालका प्रश्न पनि उठाएका छन् ।

तर, यो बिषयमा पहिलो पटक चलचित्रका निर्माता, कलाकार, लेखक दीपकराज गिरीले मुख खोलेका छन् । उनले भने-‘सितारम अहिले समाजसेवामा लागिरहेका छन् । अहिले हामीलाई भन्दा उनको आवश्यकता समाजलाई छ ।’

दीपकराजले अगाडि भने-‘हामीले सितारामलाई चलचित्र खेलायौ भने समाजमाथि अपराध हुन्छ ।’ चलचित्रमा सँगै काम नगरेपनि सितारामसँग आफूहरुको सम्बन्ध निकै राम्रो रहेको उनले बताए । ‘हाम्रो चलचित्रलाई उनले सधै नै शुभकामना दिइरहेका हुन्छन्, हामीले पनि उनको कामलाई सहयोग गर्दै आएका छौ,’ दीपकले भने ।

सुरु भयो ‘छक्का पन्जा ३’को छायांकन, दीपिका र पुष्पल जोडिए(फोटो फिचरसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment