+
+
Shares

सुरु भयो ‘छक्का पन्जा ३’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २८ गते १३:१०

२ वटा सिक्वेल ब्लकबस्टर भएपछि चलचित्र ‘छक्का पन्जा’को टिमले तेश्रो सिक्वेलको छायांकन सुरु गरेको छ । भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजा गर्दै चलचित्रको छायांकन आजबाट सुरु गरिएको हो ।

यो चलचित्रको छायांकन काभ्रे, दमौली, पोखरा लगायतका स्थानमा गरिनेछ । यसपटक लोकेशनमा विविधता खोजिएको निर्देशक दिपाश्री निरौलाले जानकारी दिएकी छिन् ।

आमा सरस्वती मुभिजको प्रालिको ब्यानरमा आई एम इको प्रस्तुतीमा यो चलचित्र निर्माण हुँदैछ । यो चलचित्र असोज ३० गतेबाट रिलिज हुनेछ ।

चलचित्रमा जीतु नेपाल र केदार प्रसाद घिमिरे कार्यकारी निर्माताको रुपमा छन् भने सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाँइ, दीपेन्द्र खनियाँ, केशव न्यौपाने निर्माताको रुपमा छन् । चलचित्रमा दिपकराज गिरी, दीपिका प्रसाई, जीतु नेपाल, केदार घिमिरे, वुद्दि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग कुँवर, शिशिर राणा, शिशिर वाग्देल, शारदा गिरी, बसन्त भट्ट, पुष्पल खडठ्का र प्रियंका कार्कीको मुख्य भूमिका छ ।

अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको चलचित्रमा कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको संवाद, दीपकराज गिरीको कथा छ ।

यसपटक चलचित्रले वैदेशिक रोजागरीको कथा नबोक्ने कलाकार तथा लेखक दीपकराज गिरीले जानकारी दिएका छन् । यो चलचित्रसँग आफू जोडिन पाएकोमा निकै खुशी लागेको नायिका दीपिका प्रसाइले बताइन् । यस्तै, नायक पुष्पल खड्काले यो चलचित्रमा आफ्नो भूमिका निकै मनपरेकाले काम गर्न लागेको बताए ।

निर्देशक दीपाश्री निरौलाले यसपटक पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरिन् । कार्यक्रममा हाँस्यकलाकार हरिवंश आचार्यले चलचित्रलाई सफलताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?