+
+
Shares

प्राचीन बौद्ध धर्मग्रन्थको अवैध विक्रीमा संलग्न ५ जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २८ गते १७:३७

२८ वैशाख, काठमाडौं । प्राचीन बौद्ध धर्मग्रन्थको अवैध विक्री वितरणमा संलग्न ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सिक्किम, ग्यान्टोक घर भइ काठमाडौंको स्वयम्भू बस्दै आएका ३० वर्षीय किप्पा भुटिया, दोलखाको खेदा घर भइ सातदोबाटो बस्दै आएका ५७ वर्षीय घ्याम्छो लामा, बाँकेको कोहलपुर–६ घर भइ रसुवाको वेत्रावती बस्दै आएका ३२ वर्षीय जयराज आचार्य, कैलालीको टीकापुर–१ का ३० वर्षीय प्रविणकुमार शाह र झापाको बिर्तामोड–८ का ३२ वर्षीय पुष्कर मैनाली (शर्मा) छन् ।

उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सातदोबाटोबाट प्राचिक हस्तलिखित ग्याथम्पा नामक बौद्ध धर्मगन्थसहित पक्राउ गरेको हो ।

उनीहरुलाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अन्तरगत जिल्ला अदालत, ललितपुरबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको सीआईबीका प्रवक्ता एसपी बुद्धिराज गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?