Comments Add Comment

शरीरको अतिरिक्त तौल घटाउने यस्ता छन्, अचुक उपाय

गलत खानपानका कारण आज प्रत्येक व्यक्ति अतिरिक्त तौलबाट दिक्क बनेका छन् । तौल कम गर्नकै लागि मानिसहरूले विभिन्न उपाय अविलम्बन गर्दै आएका छन् । त्यति गर्दागर्दै पनि तौल कम हुन भने गार्‍है हुन्छ ।

ससाना कुरामा ध्यान दिएर पनि शरीरको अतिरिक्त तौल सजिलै कम गर्न सकिन्छ । जसमध्ये अण्डा पनि एउटा हो । बे्रकफास्टमा अण्डाको सेतो भाग सेवन गरेर पनि शरीरको तौल घटाउन सकिन्छ ।

अण्डामा १७ क्यालोरी हुन्छ भने फ्याटको मात्रा शून्य हुन्छ । त्यस्तै अण्डामा कोेलेस्ट्रोलको मात्रा शून्य हुनुका साथै कार्बोहाइड्रेट तथा सुगरको मात्रा एक ग्रामभन्दा कम हुन्छ । अण्डाको सेतो भागमा ३ दशमलव ५ ग्रामसम्म प्रोटिन हुने गर्छ ।

तौल कम गर्ने सजिलो उपाय

-मेवामा क्यालोरी कम र फाइबरको मात्रा बढी हुन्छ । त्यसैले साँझको स्न्याक्समा मेवाको सेवन गर्ने ।

-दालचिनी, मरिच, रातो खुर्सानी, अदुवा आदिले पनि तौल कम गर्नमा मद्दत गर्छ ।

-प्रत्येक दिन एक गिलास गाजरको जुस सेवन गरेर पनि मोटोपन कम गर्न सकिन्छ ।

-शरीरको बोसो हटाउन पुदिना महत्वपूर्ण मानिन्छ । यसका लागि पुदिनालाई अचार बनाएर वा कागती पानीमा मिसाएर पनि सेवन गर्न सकिन्छ ।

-काजु, बदाम, ओखर आदि ड्राई फ्रुट्समा प्रोटिन, मिनरल्स, फाइबरजस्ता माइक्रोन्युटि्रएन्ट्स पाइन्छ । यसको सेवनले पेट भरिनुका साथै मोटोपना समेत बढ्दैन ।

-दिनमा दुई पटक न्युन क्योलोरी तथा सोडियम कम भएका तरकारीको सुप पिउनाले  तौल कम हुने गर्छ ।

-कालो चनाले तौल कम गर्न निकै मद्दत गर्छ । त्यसैले खानामा सकेसम्म कालो चनालाई समावेश गर्नु राम्रो हुन्छ ।

-तौल कम गर्नका लागि खानामा अण्डाको सेतो भाग निकै लाभदायक मानिन्छ । अण्डाको सेतो भागमा प्रशस्त मात्रामा प्रोटिन हुन्छ । जसको सेवनले शरीरमा पर्याप्त मात्रामा पोषणतत्व प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment