+
+
Shares

बलम्बुबाट लागूऔषधसहित एक जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३० गते ११:१३


३० वैशाख, काठमाडौं । महानगरीय प्रहरी प्रभाग, बलम्बुले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको दुर्गा गाउँपालिक–९ का ३० वर्षीय अनिलकुमार गुप्ता छन् ।

उनलाई विशेष सुराकीको आधारमा चन्द्रगिरि–१४, बालकुमारीबाट ५८ एम्पुल नुफिन, ६३ एम्पुल फेनेरागन र ५९ एम्पुल डाइजाल्यापसहित पक्राउ गरिएको बलम्बु प्रभागकी प्रहरी निरीक्षक शर्मिला गुरुङले जानकारी दिइन् ।

गुप्तालाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त, थानकोट पठाइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?