३० वैशाख, बुटवल । नेकपाकाे नेपाल बन्दका क्रममा बुटवल १ मा रहेकाे भारतीय शैनिक पेन्सन क्याम्प (जिल्ला शैनिक बाेर्ड फूलबारी पेन्सन क्याम्प) मा संकास्पद बस्तु फेला परेकाे छ ।
क्याम्पकाे माथिल्लाे भबनकाे शैचालयमा बम भेटिएकाे हाे । बिहान साढे १० बजे क्याम्पका सबै काेठाहरु र शाैचालय सफा गर्ने क्रममा शाैचालयमा जेब्रा ब्यागभित्र प्रेसर कुकर बमलाइ टेपले बेरेर राखिएकाे देखिपछि तत्काल प्रहरीलाइ खबर गरेकाे शैनिक बाेर्डका प्रमुख मेजर पदमप्रताप जिसिले अनलाइनखबरलाई बताए ।
१० :४० मा प्रहरीलाइ खबर गरेपनि १२ बजेपछि मात्रै नेपाली सेनाकाे डिस्पाेजल टाेली क्याम्पमा पुगेकाे हाे ।
अहिले डिस्पाेजकाे तयारी गरिएकाे छ ।
यो पनि पढ्नुस्
बुटवल-भैरहवा सडक र फूलबारी पेन्सन क्याम्पमा शंकास्पद वस्तु भेटियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4