३१ वैशाख, महोत्तरी । पानीसँगै आएको हावाहुरीले महोत्तरीका फलफूल तथा तरकारी बालीमा क्षति पुर्याएको छ ।
सोमबार बिहान आएको हावाहुरीले किसानको चिचिला लागेको आँप र तरकारी खेतीमा क्षति पुर्याएको हो ।
जिल्ला कृषि बिकास कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार, हावाहुरीले किसानको लाखौं मुल्य बराबरको आँप र तरकारी बालीमा क्षति पुगेको छ ।
हावाहुरीले ३ दर्जनभन्दा बढी घरहरुमा क्षति पुर्याएको छ भने विद्युत्त सेवा अबरुद्ध हुँदा जनजीवन प्रभावित बन्न पुगेको छ ।
गत बुधबार मात्रै महोत्तरीमा हावाहुरीले १ जनाको ज्यान गएको थियो भने फलफूल तथा तरकारी बालीमा नोक्सानी पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4