+
+
Shares

तीन वर्षदेखि सडक कालोपत्रेको काम अलपत्र

रासस रासस
२०७५ वैशाख ३१ गते १०:५०


फलेवास, पर्वत, ३१ वैशाख । पोखराबाट बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकलि्पक मार्गका लागि कालोपत्रे गर्न शिलान्यास भएको तीन वर्षसम्म पनि काम शुरु हुन सकेको छैन ।

पर्वतको कुश्मा नगरपालिका-२ छमर्केको घुम्तीदेखि लाम्पाटा-हिमालय मावि जोड्ने सडकमा काम हुन नसकेको हो । २०७२ फागुनबाट काम शुरु भएको घुम्तीदेखि हिमालय मावि हुँदै पाङ पुगेर उक्त सडक जलजला गाउँपालिका-८ को दम्भाखोलामा जोड्ने योजना थियो । योजनाअनुसार पोखरा-मालढुंगा-बेनी सडकको वैकलि्पक मार्गका रूपमा यो सडकलाई डबल लेनको बनाउने स्टिमेट सडक डिभिजन कार्यालयले गरेको थियो  ।

डबल लेनको सडकको १२ मिटर कालोपत्रे, तीन/तीन मिटर सेड-ब्याक, दुईतर्फी नाली, कुश्मा-२ खुर्कोटको रिठेखोलामा पक्की पुल र अन्य ससाना खोल्सामा कल्भर्ट राख्ने योजना थियो  । बहुवर्षे ठेक्का स्वीकृत भएको उक्त योजनालाई बागलुङको सडक डिभिजन कार्यालयले ठेक्का पनि लगायो ।

तर, तत्कालीन ठेकेदार डिबी तामाङले थोरै काम थालेर छाडे पनि हालसम्म योजनामा प्रगति हुन सकेको छैन । निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर काम अघि बढाउन डिभिजन कार्यालयले तदारुकता नदेखाएको स्थानीयको गुनासो छ । योजनाअनुसार बहुवर्षे ठेक्का स्वीकृत गराएर उतिबेलै रु ११ करोड बजेट विनियोजन भएको थियो ।

२२ किलोमिटर कालोपत्रे गर्न रु ५९ करोडको स्टिमेट थियो । रु ११ करोड बजेट छुट्टएिपछि काम पनि शुरु भएको थियो । गत वर्ष उक्त सडकका लागि रु ४८ करोड स्वीकृत भएको पूर्वसांसद अर्जुनप्रसाद जोशीले जानकारी दिए ।

कालोपत्रे गर्न भन्दै पुरानो ट्रयाक भत्काएपछि हिउँदका केही महिना चल्ने सडकमा दुई वर्षयता यातायात आवगमन ठप्प जस्तै छ  । ढुंगा र गिट्टीले पुरानो सडक पुरिएपछि यतिबेला पैदलयात्रीलाई हिँड्न पनि असहज छ  ।

सडक कालोपत्रे हुने भएपछि स्थानीय सरोकारवालाको पहलमा दुई वर्षअघि रिठे खोलामा पुलको योजना पर्‍यो  । योजनाअनुसार पुलको काम शुरु भएको छ । खुर्कोटकै व्यवसायी राजु पौडेलले जिम्मा लिएको पुल आगामी असार मसान्तसम्म सक्नेगरी धमाधम काम अघि बढेको छ ।

डिभिजन प्रमुख थानेश्वर खत्रीका अनुसार यो वर्ष धेरै क्षेत्रीय सडकमा स्वीकृत बजेट सरकारले कटौती गर्दा पर्वतसहित धौलागिरिका अन्य सडकको काम पनि अघि बढ्न नसकेको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?