Comments Add Comment

रामचन्द्र पौडेलको आरोप-पार्टीमा निरंकुशता हावी भयो

'कम्युनिस्ट मिलेकाले होइन, सरकारमा बसेर राम्रो काम नगरेकाले हार्‍यौं'

कांग्रेस नेता रामचन्द्र पौडेल । तस्वीरः खिला कार्की

३१ वैशाख, सुर्खेत । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टहरु मिलेकाले चुनाव हारियो भन्नु हास्यास्पद तर्क भएको बताएका छन् ।

तरुण दलको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै पौडेलले पार्टीमा निरंकुशता र स्वेच्छाचारीता बढेको आरोप लगाएका छन् । उनले भने, हाम्रै कारण कांग्रेस हारेको हो, त्यसको समीक्षा हुनुपर्छ । सरकारमा हुँदा राम्रो निर्णय र काम नभएका कारण हामी पछाडि परेका हौं ।’

आफूले पार्टी सभापतिलाई ‘त्यागको पूजा हुन्छ, भोगको पूजा हुँदैन भन्दा नसुनेको भन्दै उनले पार्टीमा निरकुंश र स्वेच्छाचारिता स्वीकार्य नहुने बताएका छन् ।

कांग्रेसमा एकताका लागि बिगतका गल्तिको समीक्षा हुनुपर्ने भन्दै उनले देउवाले एकलौटी गरेकोमा आक्रोश व्यक्त गरे ।

उनले गल्तीको आत्मसमीक्षा गर्नुको साटो कम्युनिस्ट मिलेर हारियो भन्नु आत्मरतिमात्र हो भनेका छन् । पाैडेलले भने, ‘हिजो किसुनजीलाई चुनाव हराउने लाग्ने र आज पार्टीलाई एकलौटी चलाउने भन्ने विषयको समीक्षा हुन जरुरी छ । सबैको अस्तित्व स्वीकार गर्दै मूल्यांकनका आधारमा पार्टी चलाउन जरुरी छ ।’

तरुण दल परिवर्तनको सम्वाहक भएको भन्दै पौडेलले आफ्नो छविलाई कायम गरेर गाउँगाउँमा पुग्न निर्देशन दिए । देश विभाजन हुनबाट कांग्रेसले बचाएको र कांग्रेसको सिद्धान्तको जीत भएको भन्दै पौडेलले पार्टी हारको मूल्यांकन गरेर आगाडि जाने सके मात्र कांग्रेसलाई जनताले पत्याउने बताए ।

पौडेलले भनेे, ‘म कांग्रेस सुधारको अभियानमा लागेको छु । कांग्रेस सुधारको अभियान कर्णाली प्रदेशबाट सुरु भयो । कर्णालीका सबै जिल्लामा कार्यकर्ता र जनताका बीचमा पुग्दैछु ।’

तरुण दलको कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेल दैलेख जानेछन् । त्यहाँ कार्यकर्ता भेटघाट गरी जेठ १ गते कालिकोट, २ गते जुम्ला, ३ गते मुगु पुग्नेछन् । जेठ ४ गते मुगुमा कार्यकर्ता भेटघाट गरी काठमाडौं फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment