+
+
Shares

मिस नेपाल नर्थ अमेरिका न्यूयोर्कमा हुने 

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख ३१ गते १७:१८

१४ मे, न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा मिस नेपाल नर्थ अमेरिका हुने भएको छ । मे १२ तारिख न्यू योर्कमा पत्रकार भेटघाट कार्यक्रम मार्फत आयोजकले मिस नेपाल नर्थ अमेरिका अगस्त ११ तारिखमा हुने जानकारी दिएका हुन् ।

कार्यक्रम उन्नत  इन्टरनेसनल तथा ड्रिम्स युनिभर्सलले स्थानीय पीएनएम तथा लाइट्स आउट इनटरटेन्टमेन्टको सहकार्यमा कार्यक्रम गर्ने जनाएको छ ।

८ वर्षसम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरु मिस नेपाल नर्थ अमेरिका को टोलिमा संस्थापकहरुको संलग्नता रहेको छ ।

प्रथम मिस नेपाल नर्थ अमेरिकाका समूहले न्यूयोर्कका प्रख्यात कार्यक्रम स्थलहरु गोथाम सभाकक्ष, हामर्सटिन नृत्यकक्ष , दि फिल्मोर, क्विन्स थेटर लगायतमा कार्यक्रम आयोजना गराइसकेका छन् । यसको साथै यसै समूहमा नेपाल को ग्रामिण विकास ,पुनरुद्धार तथा भूकम्प पश्च्यात पुनर्निर्माणमा संलग्न भएका समूहसमेत रहेका छन् ।

मिस नेपाली नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्न जनाएको छ । यो मुद्दा सबै संसारमा चर्चाको उचाइमा रहेको छ भनि जनाएको छ । अर्को पुस्ताको लागि नेपाली महिलाहरूलाई सशक्तिकरण गर्ने मुख्य नारा यस वर्षदेखि सुरु गरिएको छ ।

बिजेतालाई मिस नेपाल नर्थ अमेरिका २०१८ उपाधि द्वारा घोषणा गरिने छ भने यसै गरी दोश्रो र तेश्रो स्थान हुने लाई प्रथम बिजेता तथा द्वितीय बिजेता उपाधिद्वारा सम्मान गरिने छ ।

प्रतियोगिता बिजेताले अन्तर्राष्ट्रिय गैरमुनाफा संस्थामा स्वयम्सेवक रुपमा काम गर्ने अवसर पाउने छन् । यसका साथै मिस ट्यालेन्ट, मिस पपुलर (जनता को मत द्वारा ), मिस डिसीप्लेन, मिस पर्सोनालिटी तथा मिस क्याटवाकसमेत उपाधि प्रदान गरिने पत्रकार भेटघाटमा जनाएका छन् ।

मिस नेपाल नर्थ अमेरिका टोलीले प्रतियोगी १८ देखि २७ बर्ष सम्म हुनु पर्ने ,अविवाहित ,५ फुट २ इन्च हुनु पर्ने ,शैक्षिक योग्यता उच्च माध्यमिक उत्तीर्ण (हाई स्कुल ग्राजुएट ),प्रतियोगी उत्तर अमेरिका निवासी हुनु पर्ने ,नेपाली मूलको हुनु पर्ने ,निवेदकको सही नैतिक चरित्र तथा नेतृत्व को शीप हुनु पर्ने तथा जीवन वृति हाक्न सक्ने तथा सफल हुन् प्रभावशाली इच्छा भएको हुनु पर्ने जनाएको छ ।

बिस्तृत जानकारीको लागि info@missnepalna.comwww.missnepalna.com/applynow मा जान आयोजकले अनुरोध गरेका छन् ।

आयोजक समुहमा अन्तर्गत निराकार उप्रेती तथा शैलेन्द्र श्रेष्ठ दुवै सह संस्थापक /सभापति रहेका छन् । अमेरिका मै रही बिभिन्न कार्यक्रम मार्फत सद्भावना दुत भै सकेका नविना बस्नेत उप्रेती लगायत ख्याती प्राप्त संघ/संस्था नेतृत्व गरि सकेका समुदायका व्यक्तित्वहरु सल्लाहकारमा संलग्न रहेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?