Comments Add Comment

लागूऔषध सहित २ जना पक्राउ

३१, वैशाख, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले नियन्त्रित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुवा जिल्लाको, धैबुङ बस्ने गणेश देवकोटा र पर्सा ठोरी गाउँपालिका २ बस्ने १९ वर्षीय सन्दीप सुनार रहेका छन् ।

वीरगञ्ज महानगरपालिका-१६ मा सवारी साधन तथा पैदल यात्रुको नियमित चेकजाँच गर्ने क्रममा देवकोटा लागू औषध र इन्जेक्सन पक्राउ परेका हुन् । भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आइरहेका देवकोटाको साथबाट फेनारगन ८० पिस, नुफिर्न ८० पिस र डाइजेल्याप ८० पिस गरी जम्मा २ सय ४० पिस फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरीले लागूऔषध नाइट्रोभेट र स्पास्मो प्रोक्सिभोन प्लस ट्याबलेटसहित पर्सा ठोरीका सन्दीप सुनारलाई पक्राउ गरेको छ । ठोरी गाउँपालिका २ चोक बजारमा खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनको साथमा नाइट्रोभेट ट्याबलेट भेटेको थियो ।

सुनारको साथबाट नाइट्रोभेट १ पत्ता बराबर १५ वटा ट्याब्लेट भएको १९ पत्ता, ९ वटा ट्याब्लेट भएको १ पत्ता गरी जम्मा २ सय ९४ वटा र स्पास्मो प्रोक्सीभोन प्लस ८ वटा ट्याब्लेट भएको ३ पत्ता जम्मा २४ वटा ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ ।

दुवै जनाविरुद्ध लागू औषध शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजन लिम्बुले जानकारी दिए । उनीहरु दुवै जना वैशाख ३० गते पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment