Comments Add Comment

इन्भेष्टमेन्ट बैंकले खोल्यो विभिन्न स्थानमा शाखा

१ जेठ, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले दोलखा, पाँचथर, नुवाकोट र रामेछापमा गरी चारवटा शाखा तथा रसुवाको धुन्चेमा एक्स्टेन्सन काउन्टर खोलेको छ । यीसँगै अब बैंकको शाखा संख्या ७० वटा पुगेको छ भने एक्स्टेन्सन काउन्टर पाँचवटा पुगेको छ ।

दोलखाको बिगू गाउँपालिकास्थित सिंगटी, पाचथरको फाल्गुनन्द गाउँपालिकास्थित राँके, नुवाकोटको सूर्यगढी गाउँपालिकास्थित चोकदे तथा रामेछापको लिखू तामाकोशी गाउँपालिका धोवीबजारस्थित लिखूमा बैंकलेे आफ्ना क्रमश ६७औं, ६८औं, ६९औं र ७०औं शाखा विस्तार गरेको हो ।

बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजनाअनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ, साथै विपन्नवर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार व्यक्तिलाई रु ३ अर्ब ६४ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक लि. एक मात्र बैंक रहेको छ ।

हाल प्रदेश नम्वर १ मा ९ वटा, प्रदेश नम्वर २ मा ६ वटा, प्रदेश नम्वर ३ मा ३४ वटा, प्रदेश नम्वर ४ मा ६ वटा, प्रदेश नम्वर ५ मा ७ वटा, प्रदेश नम्वर ६ मा ४ वटा र प्रदेश नम्वर ७ मा ४ वटा शाखा रहेको छ ।

साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली शाखा संजाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।

नौ वटा यातायात सम्बन्धी राजश्व संकलन केन्द्र खोलेेको बैंकले आठ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लिको ६२ वटा शाखारहित बैंकिङ सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ ।

निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी रु १०.६४ अर्ब रुपैयाँ रहेको यस बैंकको चैत्र मसान्तको वित्तिय विवरण अनुसार निक्षेप रु. १ सय ३० अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी रु.१ सय १८ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि ‘दि बैंकर’, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक बैंक अफ दि इय उपाधि ५ पटक प्राप्त गर्ने एक मात्र नेपाली बैंक रहेको छ भने इक्रा नेपालबाट ए वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment