+
+
Shares

अविवाहित ज्योती मगरले किन गरिन् गर्भपतन गर्ने कुरा ?

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १ गते १५:५१


विवादित गायिका ज्योती मगरलाई के गर्दा, बोल्दा र लेख्दा मिडियाको एटेन्सन पाइन्छ भन्ने राम्ररी थाहा छ । अनेक उछृङ्खल हर्कत गरेर चर्चा एवं विवादमा आउने गरेकी गायिकाले यसपाली भने अली बेग्लै जुक्ति लगाएकी छिन् । यसपाली उनले एउटा संवेदनशील सामाजिक मुद्दाको सहारा लिएकी छिन् ।

फेसबुकमा उनले एउटा स्टाटस लेख्दै भनेकी छिन्, ‘म बिहे गर्छु कि गर्दिन थाहा छैन, तर सन्तान जन्माउने इच्छा छ ।’ तर, पेटमा छोरा भए मात्र जन्माउने, छोरी भए गर्भपतन गर्ने उनको भनाई छ ।

गर्भपतन गर्नुको कारण उल्लेख गर्दै उनी लेख्छिन्, ‘छोरीलाई जन्म दिएँ भने उनी बलात्कृत हुनेछिन् । भाग्यले बचिन् भने उनी आफ्नै श्रीमान वा ब्वाईप|mेन्डबाट हिंसाको शिकार हुनेछिन् । र यो दुवैसँग प्रतिकार गरी लडेर अगाडि बढिन् भने उनलाई ज्योती मगरलाई जस्तै अनेक लाञ्छना लगाउँदै उनको स्वतन्त्र भएर लाउने खाने र जिउने अधिकार खोस्ने प्रयास गरिने छ ।’

तर, गर्भपतन गर्दा चैं एउटी छोरीको जिउने अधिकार हनन हुन्छ कि हुँदैन ज्योती जी ? के यही समाधान हो ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?