Comments Add Comment

कस्तो देखियो करिश्माकी छोरी र शिवका छोराको जोडी ?


नायक शिव श्रेष्ठको प्रस्तुतीमा तयार भएको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को एक्सन टिजर आज रिलिज गरिएको छ । एक्सनलाई महत्व दिइएको टिजरलाई यूवापुस्तालाई टार्गेट गरेर तयार पारिएको छ ।

यो चलचित्रको हाल धमाधम छायांकन भैरहेको छ । चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । चलचित्रलाई यशोधा राई र दिनेश दर्शनधारीले निर्माण गरेका हुन् ।

टिजर सार्वजनिक कार्यक्रममा यही चलचित्रबाट यो क्षेत्रमा भित्रदै गरेका दुई चर्चित कलाकारका सन्तानहरुलाई पनि मिडियासँग परिचय गराइएको थियो ।

यो चलचित्रमा नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर चलचित्र क्षेत्रमा भित्रदैछन् ।
कार्यक्रममा बोल्दै कविताले भनिन्-‘यो चलचित्रबाट डेब्यू गर्न पाउँदा म खुशी छु । मैले आफ्नो सक्दो काम गर्नेछु र दर्शकलाई निराश बनाउने छैन ।’

यस्तै, नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले भने-‘मलाई सानैदेखि हिरो बन्ने रहर थियो । म सधै नै बाबालाई कहिले हिरो बनाउने भनेर सोध्ने गर्थेँ । उहाँले बेला आएपछि बन्छौ भन्नुहुन्थ्यो । अहिले बल्ल बेला आएको रहेछ ।’

यो चलचित्रमा कविता र शक्ति जोडीको रुपमा देखिदैछन् । नायिका करिश्मा मानन्धरले छोरी कविताले शिव श्रेष्ठको चलचित्रबाट डेब्यू गर्न लागेको भन्दै खुशी व्यक्त गरिन् । यस्तै, शिवले पनि दर्शकका लागि यो चलचित्र सरप्राइज नै सरप्राइजको प्याकेज भएको बताए ।

निर्देशक दिपेश सापकोटाले चलचित्र क्षेत्रका चर्चित अनुहारलाई राखेर आफूले एउटा उत्कृष्ट चलचित्र बनाउने दाबी गरे । उनले, दर्शक र मिडियालाई निराश नबनाउने समेत बताए ।

यस्तै, चलचित्रकी निर्मात्री यशोधा राइले चलचित्र ‘बागमती’बाट आफूहरुले धेरै कुरा सिकेको भन्दै ‘एउटा यस्तो प्रेम कहानी’लाई उत्कृष्ट बनाउने बताइन् ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment