Comments Add Comment

त्रिपुरासुन्दरीमा जैतुनका बिरुवा रोपियो


२ जेठ, त्रिपुराकोट, डोल्पा । लोप हुँदै गइरहेको जैतुनको बिरुवाको संरक्षण र प्रवद्र्धनका साथै हरित मन्दिरको अवधारणाअनुरुप त्रिपुरासुन्दरी नगरपालिका, त्रिपुराकोटले त्रिपुरासुन्दरी भगवती मन्दिर परिसरमा वृक्षारोपण अभियान अगाडि बढाएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत टाँके डाँडोमा अवस्थित भगवती मन्दिर परिसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरला, वडा नं १ का अध्यक्ष कर्मसिंह थापा र न्यायिक समिति सदस्य छक्कबहादुर धरलाले संयुक्तरुपमा जैतुनको बिरुवा रोपेर जैतुन बिरुवा संरक्षण तथा हरित मन्दिर अवधारणा अभियानको शुभारम्भ गरेका हुन् ।

सधैँ हरियालीयुक्त हुने जैतुनको लोप हुँदै गइरहेको बेला यसको संरक्षण र प्रवद्र्धन पनि हुने र मन्दिरलाई हरित मन्दिरको रुपमा विकास गर्न सकिने भएकाले जैतुन बिरुवाको संरक्षण अभियानअनुरुप मन्दिर परिसरको खाली क्षेत्रमा जैतुन बिरुवा वृक्षारोपण गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर धरलाले बताए ।

जैतुन बिरुवा संरक्षण तथा प्रवद्र्धन अभियानको शुरुवातमा यो वर्ष मन्दिर परिसरमा १०० जैतुनका बिरुवा वृक्षारोपण गरिएको छ । पूरै मन्दिर परिसरमा एक हजार ५०० बिरुवा आवश्यक पर्ने भएकाले पाँच वर्षमा अभियान सम्पन्न गर्ने गरी जैतुनको वृक्षारोपण थालनी भएकोे त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment