आइतबार, १३ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

तलब बृद्धि र स्वेच्छिक अवकाश नदिए कर्मचारी आन्दोलनको चेतावनी

देशभरका कर्मचारीलाई तयार रहन अपिल

Suzuki
अनलाइनखबर

फाइल तस्वीर

२ जेठ, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आगामी बजेटमा तलबभत्ता वृद्धि र स्वेच्छिक अवकाशको प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

सरकारले यसै साता नीति तथा कार्यक्रम र जेठ १५ मा बजेट ल्याउने तयारी गरिरहेका बेला कर्मचारीले तलब वृद्धिको माग गरेको हो ।

आधिकारिक ट्रेड युनियनले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना मागहरु सार्वजनिक गरेको छ । अध्यक्ष पूण्य ढकाल र महासचिव सुवोधकुमार देवकोटाले जारी गरेको विज्ञप्तिमा स्वेच्छिक अवकाश प्रक्रिया अघि बढिरहेको बेला वर्तमान सरकारले रोकेको भन्दै तत्काल अघि बढाउनुपर्ने उल्लेख छ ।

त्यस्तै हचुवाको भरमा कर्मचारी समायोजन बन्द गर्न र ट्रेड युनियनहरुप्रतिको पुर्वाग्रही अभिव्यक्ति तत्काल बन्द गर्न चेतावनी समेत दिएको छ । युनियनले बढ्दो मूल्यवृद्धि, राजश्व वृद्धिसमेतलाई अध्ययन गरी तलबमान पुनरावलोकन हुनुपर्ने बताएको छ ।

सरकारले आफ्ना मागप्रति उदासिनता देखाएमा बाध्यतावश आन्दोलनमा उत्रिने चेतावनी समेत युनियनले दिएको छ । आधिकारिक ट्रेड युनियनले आन्दोलनका लागि तयार रहन सबै तह र तप्काका कर्मचारीहरुलाई अनुरोधसमेत गरेको छ ।

माग पूरा नभए जेठ १९ गते हुने युनियनको राष्ट्रिय भेलाबाट आन्दोलनको घोषणा गरिने ढकाल र देवकोटाले जनाएका छन् ।

२०७५ जेठ २ गते १६:४३ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१४ प्रतिकृयाहरू प्राप्त
  • raj लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १६:५२

    अब यस्ता कर्मचारीको सिन्डिकेट पनि तोद््नु पर्‍यो सरकार

    18
    18
    Share

  • nayabichar लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १६:५३

    Sarkarle Pani barkhasta Patra tayar garne ho ki ?

    12
    11
    Share

  • kusan sharma लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १६:५४

    अब ‘कर्मचारीतन्त्र’को,

    सिन्डिकेट(जिम्मेवारी ननिभाई जनतालाई पाउनु पर्ने सेवाबाट बन्चित गर्ने काम)लाई,

    कर्मचारीहरु सम्बन्धि कानुन संसोधन गरेर,

    नत्थी लाईदिनुपर्छ l

    15
    7
    Share

  • saroj लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १७:१७

    if they choose strike , fire them, and appoint others…every nepali youth are capable now…

    15
    10
    Share

  • DB Rana लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १७:४०

    काम साम छैन तलब बढाउन भनेकोछ उफ्रेकोछ पहिले भ्रष्टाचार कम गराउ अनि बल्ल तलब बढाऊ! कार्यालयमा एक दिनको कामलाई १० दिन लगाएर गर्नी भएन भनि घुस माग्नी अनि बल्ल काम काज गरिदिने तेस्ता कर्मचारीलाई आजिबन कैद गर्दिनु पर्यो!हाकिम देखि ड्र‍‍‌ाइभर सम्मको कर्मचारीले सरकारी सम्पति माथि राज गरिराको छन्!जस्तै एउटा कार्यालको हाकिम चड्ने सवारी साधनमा तेल हाल्दा ६० लिटर तेल हालेर ८० लिटरको बिल बन्छ! अनि सवारी साधन बनाउदा कति पए
    सामान नफेरी फेरेको बिल पेस गर्छन!कार्यालयको सामान किन्न्दा तेस्तै हुने गर्छ एस्ता कुरामा ध्यान दिने गरौ यो त सानो सत्य उदाहरण मात्रै हो!

    11
    6
    Share

  • Keshab Prasad Dahal लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १८:१५

    Fire them if they are doing strike and appoint others every nepali youth are capable now Thank you !!!

    3
    5
    Share

  • Jack लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १८:१६

    Awastha ra samay anusar nepali karmachariko talab chai badahunu nahiboarne ho tara karmacharima bhako syndicate lai chai hatahunu parcha hai abo.

    2
    1
    Share

  • bam b लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १८:३८

    wat

    0
    1
    Share

  • shree chy लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते १८:३९

    talw bridhi kina garnupryo sarkarle sakxa vane mahangi kam garnus talaw badhaer ke hunxa jasko jasko jagir xa uniharuko lagi thik xa sarwasadharan harulai kasto hunxa. ek choti sarkar le sarwasadhran ko tha..uma sochera hernuss.

    2
    1
    Share

  • सदिप लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २१:०७

    तल्लो तहका कर्मचारीको तलबमान चाहिँ बढाउन नै पर्ने हो एउटा साधरण ज्यामीको मासिक २५-३० हजार हुन्छ अनि सरकारी तल्लो तहको कर्मचारीको १४-१६ हजार
    रह्यो खटाएको ठाउमा नजाने नमकहरामहरु- तिनीहरु लाई चैं ठाउँ का ठाउँ बरखास्त गर्नुपर्छ

    1
    0
    Share

  • Santosh लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २१:२६

    Ahileko talab let Khana pugadain talab bridhiko birodh garne ko khate ho

    0
    0
    Share

  • ramesh tiwari लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २१:२९

    यो सरकारले कर्मचारीका सन्ततीले पाइराखेकाे छात्रवृत्ति पनि काटेर के गर्न खोजेको हाे ? यस बारेमा कर्मचारी संगठन किन मौन ?

    0
    1
    Share

  • Santosh jha लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २१:३१

    Ahileko talab let Khana pugadain talab bridhiko birodh garne ko khate ho

    0
    0
    Share

  • Pratik babu लेख्नुहुन्छ    |   २०७५ जेठ २ गते २१:३४

    Talab bridhi ko birodh garne sathi haru lai mero prashna
    Talab bridhi bhayen bhane ghush khaan painxa?

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this