+
+

एकैदिन ९४ जना आरोही सगरमाथा शिखरमा

रासस रासस
२०७५ जेठ २ गते १९:२५

२ जेठ, सोलुखुम्बु । सगरमाथा आरोहणको बुधबार चौथो दिन एकैपटक ९४ जनाले शिखरमा पाइला टेकेका छन् ।

विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भए पनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै पनि आरोहण नभए पनि चौथो दिन बुधबार मौसममा सुधार आएसँगै आरोहण सफल भएको सम्र्पक अधिकृत श्रेष्ठको भनाइ छ ।

गएको वैशाख ३० गतेदेखि आरोहण शुरु भएको थियो । पहिलो दिन बाटो निर्माण गर्दै गएका आठजना शेर्पा गाइडले एकैपटक शिखर चुमेका थिए । यस्तै दोस्रो दिन विभिन्न समूहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए’ सम्पर्क अधिकृत श्रेष्ठले भने ‘तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै आरोहण भएन तर, चौथो दिन भने ९४ जनाले आरोहण गर्न सफल भएका छन् ।’

बुधबार नै आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?