+
+
Shares

सडक सफाइमा जुटे मन्थलीबासी

नवराज पथिक नवराज पथिक
२०७५ जेठ २ गते २०:३५

२ जेठ, रामेछाप । सोमबार राति परेको भिषण वर्षाले सदरमुकामको रुपरंग नै बिगार्‍यो ।

बाढीले बसपार्क क्षेत्रका सडकका साथै घरहरु डुबायो । घर, होटल तथा पसलहरुमा बाढीको लेदो माटो पसेको थियो । घाम लागेपछि पानी त सुक्यो तर, सडक धुलाम्ये रह्यो ।

सडकमा निस्कनै नसक्ने अवस्था आएपछि स्थानीयबासीले मन्थली नगरपालिकालाई सहयोगको लागि अनुरोध गरे । नगरपालिकाले दमकलबाट पानी छ्याप्यो तर, पानी सुक्ने वित्तिकै धुलोले बजार ढाकेसिट स्थानीय आफैं बजार सफाईमा जुटेका छन् ।

बुधबार मन्थली बासीहरु हातमा कुचो र पानीको बाल्टी लिएर सडक सफाइमा जुटेका हुन् । ‘मास्क लगाउँदा पनि मसिनो धुलो मुखभित्र छिरेर केही घण्टामा नै घाँटी दुख्ने, टाउको दुख्ने तथा आँखा दुख्ने समस्या भयो’, स्थानीय व्यवसायी रिता ढुँगेलले भनिन् ।

बजार सफाइमा जुटेकाहरुलाई मन्थलीको देवकोटा चोक टोलसुधार समितिलेले मास्क वितरण गरेको थियो । टोल सुधार समितिका संयोजक सुरेश उदासले भने, ‘घमा बस्नै नसक्ने अवस्था भए पछि टोलबासीहरु सल्लाह गरेर सरसफाइमा निस्किएका हौँ ।’

बाढीले पुर्‍याएको क्षतिको परबाह नगरी मन्थलीबासीहरु स्वतस्फूर्त रुपमा बजार सफाइमा निस्किएका थिए । मन्थली बासीको यो कार्यको सबैले प्रशंसा गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?