Comments Add Comment

प्रचण्डलाई बाबुरामको प्रश्न : जनयुद्धप्रति पश्चाताप गर्दै मदनपथ स्वीकारेको हो ?

३ जेठ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मदन भण्डारीको स्मृति दिवसको दिन एमालेसँग एकता गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘मदनपथ’ स्वीकार गरेको हो भनी प्रश्न गरेका छन् ।

ट्विटरमा स्टाटस लेख्दै उनले पार्टी एकतालाई जनताको बहुदलीय जनवाद (जबज) विरुद्ध जनयुद्ध गरेकोमा पश्चाताप गर्दै प्रचण्डले मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो कि होइन प्रष्ट पार्न आग्रह गरेका छन् ।

उनले पार्टी एकतालाई एमाले र माओवादी केन्द्रको विलय भनी टिप्पणी गरेका छन् ।

भट्टराईले लेखेका छन् ‘आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै संकेतिक अर्थ ? प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै ‘मदनपथ’ अंगीकार गरेको स्वीकारोक्ति हो ? प्रष्ट पारियोस् !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment