+
+
Shares

सुमोमा लुकाएर लागुऔषध ल्याउँदै गर्दा दुई भारतीय नागरिक समातिए

रासस रासस
२०७५ जेठ ३ गते १७:२६
लागूऔषध बोक्न प्रयोग गरिएकाे भारतीय नम्बर प्लेटको सुमो ।

३ जेठ, काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले एक हजार ५०० एम्पुल लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले भारतीय गाडीमा लागुऔषध लुकाएर ल्याउँदै गरेका भारत चम्पारणका जितेन्द्र कुमार र विहारका सनोज कुमारलाई बुधबार काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।

उनीहरुले भारतीय नम्बर प्लेटको टाटा सुमोमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुसँग ५०० एम्पुल डाइजेपाम, ५०० एम्पुल नुर्फिन र ५०० एम्पुल फेनार्गन बरामदसमेत गरेको छ । पक्राउ परेका दुवैमाथि कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?