Comments Add Comment

उमेरले ५१ बर्ष पुगिन् माधुरी, अझै कसरी जवान ?

बलिउडकी व्युटी क्विन माधुरी दिक्षित उमेरले ५१ वर्षमा प्रवेश गरेकी छिन् । बलिउडमा लामो समय एक छत्र राज गर्न सफल नायिका माधुरी दिक्षित जवानीमा जति सुन्दर तथा जवान देखिन्थिन्, ५१ औ वर्षमा प्रवेश गरिरहँदा पन उिनको सुन्दरता पहिलेको भन्दा कम भएको छैन । बरु झन् झन् निखारिदो छ ।

यही सुन्दरताकै कारण माधुरी दिक्षित आज पनि लाखौ फ्यानको मनमा बस्न सफल भएकी छिन् । उनको हासोले आज पनि लाखौ मानिसलाई मोहित बनाउने गरेको छ ।

माधुरीको सुन्दरताबाटै प्रेरित भएर अनुहारमा उनको जस्तै प्राकृतिक चमक ल्याउन महिलाहरु अनुहारमा विभिन्न व्युटी प्रोडक्सहरुको प्रयोग गर्छन् ।

तरकारी अर्गानिक रोज्छिन्

माधुरीले हालैमा शिमला मिर्चको एउट फोटो शेयर गरेकी थिइन् , जसमा लेखिएको थियो, फाइनल्ली मेरो आˆनै घरको शिमला मिर्च । जसमा उनले हैशट्याग लगाएर त्यसमा अर्गानिक, भेजिटेबल,गार्डनिङ्ग लेखेकी थिइन् । यसबाट पनि माधुरी आर्गानिक तरीकारी कति मनपराउँछिन् भन्ने कुरा अनुमान लगाउन सकिन्छ ।

डान्सले फिट

डान्सद्धारा माधुरी आफुलाई फिट राख्ने गर्छिन् । उनी खानपान तथा एक्सरसाइजलाई लिएर कुनै सम्झौता गर्दिनन् । उनी प्रत्येक दिन मर्निङ्ग वाकका साथमा एक्सरसाइज गर्छिन् । यसबाहेक उनी नियमित रुपमा डान्स गर्छिन् । डान्सले उनलाई इनर्जी दिन्छ, जसका कारण उनी फिट रहने गर्छिन् । माधुरी जीममा भने खासै विश्वास गर्दिनन् । उनी सातामा २-३ दिन कथक प्राक्टिस गर्छिन् र केवल दुई दिनमात्र वर्क आउट गर्छिन् । जसका कारण उनी सधैभरी फिट देखिने गर्छिन् ।

जापानीज डाइट मन पराउँछिन्

फिटनेशलाई कायम राख्न माधुरी जापानी डाइट खान मन पराउँछिन् । उनी खानामा उमालेको, हल्का भूटेको, सेकेको तथा हल्का तारेको खानेकुरा खान मन पराउँछिन् । त्यसैले त उनी टोफू , मिसाएको सागसब्जी तथा मशरुमलाई जापानी शैलीमा पकाएर खाने गर्छिन् । यस्तो खानेकुराको सेवनले शरीरमा हाई प्रोटिन, आयरन, भिटामिन लगायतका विभिन्न पोषकतत्व प्रदान हुन्छ ।

हर्वल टी को सोखिन

माधुरी ‘हर्बल टी’को सोखिन छिन् । उनी प्राय चियाको सट्टा ‘हर्बल टी’ नै खान रुचाउँछिन् । त्यसबाहेक, उनी आफूलाई हाइड्रेड राख्न नरिवल पानी पिउन रुचाउँछिन् । नरिवल पानीमा थोरै थोरै मात्रामा पोटाशियम, क्याल्सियम, म्याग्नेशियम, फास्फोरस, सोडियम लगायतको तत्व हुन्छ, जसले शरीरलाई पर्याप्त मात्रामा शक्ति प्रदान गर्छ ।

दिनमा दुई पटक दाँत ब्रश गर्छिन्

माधुरीको हाँसो देखेर जो कोही भुतुक्क हुने गर्छन् । उनको मुस्कानको जो कोही फ्यान हुने गर्छन् । माधुरी आˆनो मोती जस्तो दाँतलाई स्वस्थ राख्नकै लागि विहान उठेपछि र बेलुकी सुत्नु अगाडी दिनमा दुई पटक ब्रश गर्छिन् ।

मेकअप रुटिन

माधुरी अनुहारमा अनुहार सुहाउदो बेस वा फाउण्डेशनको प्रयोग गर्छिन् । नाकलाई पातलो देखाउन हल्का डार्क सेडको फाउण्डेशन नाकको दुवैतर्फ लगाउँछिन् । उनको अनुहार ओभल आकारको भएकाले उनी चीक बोन्सको तल गाढा रङ्गको फाउण्डेशन लगाएर हाइलाइटरको प्रयोग गर्छिन् । आखामा डार्क ब्राउन कलरले डीप सेट गरेर उनी त्यसमा म्याच गर्ने आईस्याडो लगाउँछिन् ।

अनुहारको नियमित क्लिंजिङ्ग गर्ने

माधुरी प्रत्येक दिन आˆनो अनुहार क्लिन्जरले सफा गर्छिन् । कहिलेकाही टोनरको पनि प्रयोग गर्छिन् । टोनर प्रयोग गर्दा भने ओलेको टोनर नै प्रयोग गर्न रुचाउँछिन् । र, माधुरी यस क्रिको प्रयोग रातमा गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment