Comments Add Comment

स्कुटीमा यात्रु बोक्दै ऋचा


चलचित्र हेर्न अहिले दर्शक सजिलै हलमा आइपुग्दैनन् । यसैले पनि दर्शकलाई चलचित्रको बारेमा जानकारी दिन निर्माणकर्ताहरुले विभिन्न खालका जुक्ती लगाउन थालेका छन् । चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रचारका लागि यसकी नायिका केकी अधिकारीले घर–घरमा खाजा डेलिभरी गरेकी थिइन् । यस्तै, चलचित्र ‘ह्याप्पी डेज’को प्रचारका लागि ‘रथ यात्रा’ गरिएको थियो भने ‘डमरुको डन्डिबियो’को निर्माण यूनिटले ‘ठ्याक लाउने’ प्रतिस्पर्धा गरेको थियो ।

अब, शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘सुनकेशरी’का लागि नायिका ऋचा शर्माले नयाँ आइडिया लगाएकी छिन् । उनले, शुक्रबार स्कुटीमा राखेर केही सर्वसाधारणलाई गन्तव्यसम्म पुर्याउने काम गरिन् । उनले यस कार्यका लागि टूटलसँग सहकार्य गरेकी हुन् । टूटल काठमाण्डौमा अनलाइनमार्फत मोटरसाइकल तथा स्कूटीमा यात्रुलाई गन्तव्यसम्म पुर्याउने माध्यम बन्दै आएको छ ।

पहिलो दिन नायिका ऋचा शर्माले ३–४ जना यात्रुलाई गन्तव्यसम्म पुर्याउने काम गरिन् । यात्रुलाई स्कुटीमा बोक्ने क्रममा उनले रिलिज हुन लागेको चलचित्र ‘सुनकेशरी’को बारेमा जानकारी समेत दिइन् । यात्रुहरुले ऋचासँग भलाकुसारी गर्दै चलचित्र हेर्ने वाचा समेत गरे । तीन पात्रहरुको भूतप्रेतको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, लारेन लाफवर्गको मुख्य भूमिका छ । अर्पण थापाले निर्देशन गरेको चलचित्रको छायांकन अष्ट्रेलियामा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment