Comments Add Comment

धुम्बाराहीदेखि पेरिसडाँडासम्म ईश्वर पोखरेल किन गएनन् ?

४ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पदभार ग्रहणमा ९ सदस्यीय हाइकमाण्डका सदस्य ईश्वर पोखरेल अनुपस्थित भएका छन् ।

विदेशमा रहेका झलनाथ खनालबाहेक अन्य सातैजना सचिवालय सदस्यको उपस्थिति रहँदा पोखरेलको अनुपस्थिति चर्चाको विषय बन्यो ।

ओली र प्रचण्डसहित सचिवालय सदस्यहरु माधव नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल र विष्णु पौडेल धुम्बाराहीदेखि कोटेश्वरसम्मसँगै थिए । तर दुवै कार्यालयमा पोखरेल भने देखिएनन् ।

पोखरेल शुक्रवार दिनभर रक्षा मन्त्रालयमै रहेको स्रोतले जनाएको छ । महत्वपूर्ण कामहरु टुंग्याउनुपरेकाले दिनभर मन्त्रालयमै व्यस्त भइएको पोखरेलका प्रमुख स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले बताए ।

पोखरेल दुई अध्यक्षको पदवहालीमा जान नसक्नु संयोग हो वा सांकेतिक असन्तुष्टि भन्ने खुलेको छैन । एकीकृत पार्टीको महासचिवमा विष्णु पौडेलको इन्ट्रीसँगै पार्टी पंक्तिमा तरंग उत्पन्न भएको छ ।

दुवै अध्यक्षले धुम्बाराही र पेरिसडाँडाको कार्यालय भ्रमण गरी कार्यभार सम्हाल्ने जानकारीसहित सचिवालय सदस्यहरुलाई बोलाइएको थियो । पोखरेलले भने आफू मन्त्रालयको काममा व्यस्त हुनुपरेकाले आउन नसक्ने जानकारी महासचिव विष्णु पौडेललाई गराएको बताइएको छ ।

पोखरेल दुई अध्यक्षको पदवहालीमा जान नसक्नु संयोग हो वा सांकेतिक असन्तुष्टि भन्ने खुलेको छैन । तत्कालिन एमालेको निर्वाचित महासचिव पोखरेल पार्टी एकीकरणपछि सचिवालय सदस्य बनेका छन् । एकीकृत पार्टीको महासचिवमा विष्णु पौडेलको इन्ट्रीसँगै पार्टी पंक्तिमा तरंग उत्पन्न भएको छ ।

पोखरेल यसपटक अर्थमन्त्री बन्न चाहन्थे । अध्यक्ष प्रधानमन्त्री भएपछि महासचिवले रोजेको मन्त्रालय पाउने धेरैको अनुमान थियो । डा.युवराज खतिवडा अर्थमन्त्री भएपछि पोखरेलले आफूले चाहेको भन्दा पनि प्रधानमन्त्रीले खटाएको रक्षामन्त्रालयमा चित्त बुझाउनुपरेको थियो ।

पार्टी एकतासँगै महासचिव पद पनि गएपछि पोखरेल असन्तुष्ट बनेको तत्कालिन एमालेका नेताहरुले बताएका छन् ।

पोखरेलले तत्कालिन एमालेमा दशौं महाधिवेशनपछि ओलीको उत्तराधिकारीका रुपमा आफूलाई उभ्याउन खोजेका थिए ।

तर पार्टी एकीकरणसँगै भावी अध्यक्षको दावेदारका रुपमा प्रचण्ड र माधव नेपाल देखापरेका छन् । त्यसपछिको नेतृत्वमा स्थापित गर्ने गरी विष्णु पौडेललाई शीर्ष नेताकै सहमतिमा महासचिव बनाइएको चर्चा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment