Comments Add Comment

छापामा आज: कामदार शोषण गर्ने संस्था अब खारेज हुने

भान्सामा सिलिन्डर बम, मापदण्ड कुल्चिँदासमेत कारबाही भएन


५ जेठ, काठमाडौं । राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु सदाझैं आज पनि विविध समाचार, जानकारी र विचार लिएर पाठकमाझ आएका छन् । पत्रपत्रिकाहरुले सबैजसो विषय उठाएका भए पनि बढी जोड भने राजनीतिक विषयलाई दिएका छन् ।

बिहीबार नेकपा एमाले र माओवादी केन्द्रलाई इतिहास बनाउँदै गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आज पनि पत्रपत्रिकाको पहिलो प्राथमिकतामा परेको छ । केहीले एकीकृत पार्टीको सम्भावना र चुनौतीबारे चर्चा गरेका छन् भने कुनैले राज्य संयन्त्रमा पनि शक्तिशाली बनेको हिसाब प्रस्तुत गरेका छन् ।

यातायात सिन्डिकेटधारीको दबावमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई मन्त्रालयमा तानेका छन् । पत्रपत्रिकाहरुले विविध शीर्षकमा यो विषयलाई समेटेका छन् ।

नयाँ पत्रिका दैनिकले ओली सरकारका समृद्धि योजनाबारे मुखपृष्ठमा खबर छापेको छ भने अन्नपूर्ण पोस्ट दैनिकले देशका ६ महानगर गतिहीन भएको लेखेको छ ।

तीन महिनाभित्र संगठन व्यवस्थापन

नेतृत्व तहबाट व्यवस्थापनमा लागेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तीन महिनाभित्र तल्लो तहसम्मैको संगठन व्यवस्थापनको तयारी थालेको छ ।

एमाले र माओवादी मिलेर बिहीबार मात्र एकीकरण भएको नेकपाका नेता केन्द्रीय सदस्यको नाम टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेका थिए ।

६ महानगरमा छैन गति

स्थानीय सरकारका रुपमा निर्वाचित ६ महानगरले एक वर्ष पूरा गरेका छन् । तर जनप्रतिनिधिका प्रारम्भिक कामले अपेक्षाकृत गति लिएको देखिन्न ।

अन्नपूर्ण लेख्छ– महानगर मानव सभ्यतामा सबैभन्दा पछिल्लो र उन्नत बसोबास व्यवस्था हो । महानगर भन्नासाथ हाम्रो कल्पनामा त्यस्तो अत्याधुनिक शहर आइपुग्छ, जहाँ ठुल्ठूला भवन, यातायात परिवहनको तीव्रतम आउजाउ, पूर्वाधार सुविधा, व्यापारिक मल र बिक्री केन्द्रहरु ।

तर अधिकांश महानगर गतिहीन देखिएका छन् ।

देशमा विराटनगर, वीरगञ्ज, ललितपुर, काठमाडौं, भरतपुर र पोखरामध्ये काठमाडौं मात्रै ऐनले कल्पना गरेको सेवा र पूर्वाधारयुक्त छ ।

समाचार अनुसार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले विजय भएलगत्तै सार्वजनिक गरेको सय दिने काम एक वर्ष बित्दा पनि सकिएको छैन ।

भान्सामा सिलिन्डर बम, मापदण्ड कुल्चिँदासमेत कारबाही भएन


ग्यास कम्पनीहरुको लापरबाहबारे आज नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

समाचार अनुसार, अधिकांश ग्यास कम्पनीले असुरक्षित सिलिन्डरमा ग्यास भरेर बजारमा पठाउने गरेका छन् । भल्भ मर्मत गरिएका असुरक्षित सिलिन्डरमा ग्यास भरेर कम्पनीहरुले बजारमा पठाउने गरेका हुन् ।

कामदार शोषण गर्ने संस्था खारेज हुने

श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारमाथि विभिन्न संस्थाका नामबाट हुँदै आएको शोषण र अतिरिक्त शुल्क संकलन बन्द गर्ने निर्णय गरेको छ ।

नयाँ पत्रिका दैनिकका अनुसार गैरकानूनी रुपमा कामदारमाथि

र, यो पनि– जता विद्यार्थी उतै विद्यालय !

कक्षा छाडेर विद्यार्थीहरु यार्चा पाटनहरुमा पुगेपछि विद्यालयहरुले घुम्ती अध्ययन थालेका छन् ।

राजधानी दैनिकका अनुसार, शिक्षा विकास तथा समन्वय इकाइको संयोजनमा जिल्लाका विभिन्न चारवटा यार्चा पाटनमा घुम्ती विद्यालयहरु खोलिएका छन् ।

एकमहिने यार्चा संकलनको क्रममा साइकुमारी, बाघडाँडा र परपडे पाटनमा माझफालमा लक्ष्मी मावि थरगाउँ र विद्या मन्दिर मावि माझफालले घुम्ती अध्यापन थालेका हुन् ।

हेर्नुहोस्, पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment