Comments Add Comment

प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा विलय गराएः बाबुराम

पोखरामा आयोजित पत्रकार सम्मेलनमा डा. बाबुराम भट्टराई । तस्वीरः सुदर्शन रञ्जित/अनलाइनखबर

५ जेठ, पोखरा । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी चलाउन नसकेर प्रचण्डले पार्टीलाई एमालेमा विलय गराएको आरोप लगाएका छन् । सत्ता र स्वार्थ मिलेर एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने टिप्पणी गरे ।

शनिबार बिहान पोखरामा आयोजित भेटघाट कार्यक्रममा डा. भट्टराईले भने– जसरी बैंक कमजोर भएपछि मर्ज हुन्छ, त्यसैगरी दुई पार्टीबीच मर्ज भएको हो । एकीकृत पार्टी सधैंभरि यही साइजमा रहँदैन ।’

प्रचण्डले माओवादी आन्दोलनको सम्पूर्ण इतिहास, त्याग र बलिदान भुलेर सत्ताको स्वार्थमा लागेको आरोप भट्टराईले लगाए ।

नवगठित नेपाल कम्युनिस्ट (नेकपा) ले देशको आवश्यकता पूर्ति गर्न नसक्ने ठोकुवा भट्टराईले गरे । ‘यो मर्जरले ५ वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment